पोखरामा सुनाइयो मुक्तक

पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिले पोखरामा विशेष मुक्तकवाचन कार्यक्रम गरेको छ । मुक्तककार फडिन्द्र अकिञ्चन र सरला लामिछाने मञ्चमा थिए । दुवैले विगतको कहानी सुनाउँदै आलोपालो मुक्तकवाचन गरे । सँगसँगै मुक्तकको रचना गर्भ र आ–आफ्ना साहित्यिक यात्रा पनि सम्झिए ।

पत्रकारसमेत रहेका मुक्तककार अकिञ्चनले चाहेको कुरा अभिव्यक्त गर्न सक्ने सामथ्र्य मुक्तकले राख्ने बताए । उनले अक्षरयात्राबाट मुक्तक लेख्न थालेको पनि सुनाए । मुक्तककार सरुले जुनसुकै साहित्यिक कार्यक्रममा जाँदा पनि मुक्तकै लेख्ने र सुनाउने गरेको सम्झिइन् । प्रायः वास्तविक घटनाले छोएपछि मात्रै मुक्तक लेख्ने गरेको सरु सुनाइन् । अकिञ्चनले त्यत्तिकैमा भने ः

सके युरोप, अमेरिका, न नसके कतार कहिलेसम्म वृद्धाश्रम बनाएर देश उड्न हतार कहिलेसम्म
नागरिक बेचेर सरकार र सत्ताको खर्च धान्नु छ
भन्नुस्, हजुर यो अनौठो व्यापार कहिलेसम्म ?

अकिञ्चन देश, परिवेश, विकृत राजनीतिमाथि सँगै जीवन दर्शनमा आधारित मुक्तकमा केन्द्रित हुँदा सरुले समसामयिक, प्रेम, महिला अधिकारका मुक्तक सुनाइन् ।

मुक्तक मञ्चका संस्थापक अध्यक्ष गोविन्द गिरीले कार्यक्रमका लागि १५ हजार सहयोग गरेका थिए । मुक्तककार अकिञ्चन र सरुले पाएको पारिश्रमिक पनि संस्थालाई नै हस्तान्तरण गरे । मञ्चका अध्यक्ष रामजी आचार्यले संस्थाले नियमित वाचनसहित अन्तक्र्रिया, छलफल, पाठ्यक्रममा मुक्तक समावेश गर्न अभियान चलाइरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्