‘गणपति’को टिजर रिलिज

काठमाडौं । प्रदर्शन नजिकिँदै गरेको चलचित्र ‘गणपति’को टिजर सार्वजनिक गरिएको छ । यस चलचित्र ५ जेठमा रिलिज हुँदै छ । नेपाली आस्थाका रूपमा रहेका भगवान् र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यस चलचित्रको टिजरमा प्रमुख कलाकारलाई देखाइएको छ ।

यस चलचित्रको टिजरमा एक व्यक्तिको अस्वाभाविक रूपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढाव प्रस्तुत छ । बच्चा जन्मेपछि खुसी मनाउँदै भजनकीर्तन गरिएको टिजरमा देखाइएको छ भने बाल्यकालको प्रेम र युवावस्थाको आक्रोशलाई पनि टिजरमा प्रस्तुत गरिएको छ ।

यस चलचित्रलाई सबिन अधिकारीले निर्देशन गरेका हुन् । निर्देशक अधिकारीले गणपति नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको बताएका छन् । चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाइ छ ।

यस चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको अभिनय रहेको छ ।

एबिगम्यान फिल्मस्को ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । यस चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण