सिन्धुलीमा कार दुर्घटनाः चार जनाको मृत्यु

सिन्धुली । विपी राजमार्गको खनियाखर्क नजिक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार राती करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको खबर पाएसँगै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालकै नेतृत्वमा उद्धारमा प्रहरी खटिएको थियो । तर कार सडकबाट भिरमा खसेकाले उद्धारमा कठिनाई भएको र शब निकाल्ने कार्य जारी रहेको छ ।

गाडीमा सवार रहेका पाँच जनामध्ये ४ जनाको मृत्यु भएको र १ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित