प्रधानन्यायाधीश नियुक्तिवारे छिटै निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्ती’bout छिटै निर्णय गर्ने बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उक्त छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक गरी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको समेत प्रशंसा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप