‘हल्कारा’को ट्रेलरमा वैदेशिक रोजगारीको कथा

काठमाडौं । वैदेशिक रोजगारीका पीडायुक्त कथामा नेपाली चलचित्र निर्माण हुने क्रम बढ्दो छ । यसै क्रममा बिहीबार काठमाडौंमा ट्रेलर रिलिज गरिएको चलचित्र ‘हल्कारा’ पनि वैदेशिक रोजगारीकै पीडा समेटिएको छ ।

यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ ।

यो चलचित्र २९ वैशाखबाट रिलिज हुने भएको छ । चलचित्रको २ मिनेट ४४ सेकेन्डको ट्रेलरमा एउटा हुलाकीले जागिर खाँदा भोगेका समस्यालाई देखाइएको छ । चलचित्रमा अभिनेता त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् ।

यो चलचित्रमा महेश त्रिपाठी, बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय रहेको छ ।

यो चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । आफूले ग्रामीण जीवनका संघर्षका कथा यो चलचित्रमा उठाएको निर्देशक सापकोटाले कार्यक्रममा बताए ।

यसमा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । यसलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ ।

यो चलचित्रले ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोही फेस्टिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड जितेका छन् । ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्यान्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा चयनसहित प्रदर्शन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन र एमालेले इटहरी–धरानमा ग-यो उमेद्वारी दर्ता