तनहुँ मतगणना अपडेटः डा स्वर्णिम दोब्बर बढी मतले अगाडि

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले १७ हजार ०७७ मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ९ हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।

वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।

त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ५ सय ६० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ