१० फिल्म फ्लपपछि धनी केटा रोजिन अन्तराले

मुम्बई । बलिउडमा कयौं अभिनेत्री छन्, जो फिल्म यात्रामा असफल भएर पनि वैवाहिक जीवनपछि सम्पन्न भएका छन् । एक समयकी चर्चित बलिउड अभिनेत्री अन्तरा मालीले पनि लगातार १० वटा सिनेमा असफल भएपछि अभिनय छाडेर घरजममा सफलता हाँसिल गरेकी छन् ।

हुन त उनले सन् १९९८ मा फिल्म ‘धुन्डते रह जाओगे’ बाट अभिनय सुरु गरेकी थिइन् । त्यसपछि अन्तरा माली फिल्म ‘मै माधुरी दीक्षित बन्न चाहती हुँ’ बाट अभिनयमा सफलता चुमेकी हुन् । यो फिल्म हिट भएपछि उनले एकपछि अर्को गर्दै थुप्रै फिल्म पाइन् । माधुरी दीक्षितजस्तै सफल बन्ने सपना बोकेर बलिउडमा उदाएकी अन्तरा अहिले बलिउडमै गुमनाम छिन् । तेलगु फिल्ममा काम गरेर उनी बलिउड छिरेकी हुन् । सो क्रममा १२ वर्षको करिअरमा अन्तरा मालीले १२ वटा मात्रै फिल्म खेलिन् ।

सन् २०१० मा अन्तरा मालीको अन्तिम फिल्म ‘एन्ड वन्स अगेन’ रिलिज भएको थियो । त्यसपछि आफूले कुनै पनि फिल्ममा काम नगरेको उनले बताएकी छन् । सन् २०१० पछि बलिउड फिल्ममा थुप्रै अभिनेत्री आएपछि आफूहरूले फिल्म पाउन छाडेको उनको कथन छ ।

फिल्म खेल्ने चाहना हुँदाहुँदै पनि आफूले खेलेका दुई फिल्मबाहेक अरू फिल्मले सफलता हाँसिल गर्न नसकेपछि उनले अभिनय मोह त्याग्नुपरेको हो । असफलताकै कारण फिल्ममा काम नपाउने अवस्था आएकाले विवाह गर्नुपरेको यी अभिनेत्रीको कथन छ ।

यी अभिनेत्रीको भनाइमा धनी केटाबाट विवाहको प्रस्ताव त्यतिबेला आयो । त्यसपछि आफूले फिल्मी करिअर छाडेर वैवाहिक जीवन रोजेको यी अभिनेत्रीले बताएकी छन् । ‘बलिउडको रंगीन संसार छाडेर विवाह गर्नु मेरा लागि जीवन सुरक्षित जिउने एउटा कठोर निर्णय थियो,’ उनले भनिन् । त्यो निर्णय आफ्ना लागि अहिले सही साबित भएको यी अभिनेत्रीको कथन थियो । अहिले उनीसँग पैसाको कुनै पनि अभाव छैन ।

यी अभिनेत्रीले सन् २००९ मा जीक्यू पत्रिकाका सम्पादक चे कुरियनसँग विवाह गरेकी हुन् । विवाहअघि उनी निकै महत्वाकांक्षी नायिकाका रूपमा परिचित थिइन् । सम्पन्न परिवारमा विवाह गरेपछि उनको धेरै महत्वकांक्षा सेलायो । अहिले आफू सादा जीवनमा रमाइरहेको यी अभिनेत्रीको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 459 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी