प्रिमियर लिगः वल्भ्सलाई आत्मघाती गोल उपहार

लन्डन । इंग्लिस प्रिमियर लिगमा वल्भ्स विजयी भएको छ ।  मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो । बल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलवाट जीत हासिल गरेको हो । 

पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट वल्भ्सले १–० को अग्रता लिन सफल भयो भने इन्ज्युरी समयको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै वल्भ्सको जित पक्का गरे । यस जितसँगै वल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ, समान ३७ अंक रहेको क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ ।

एस्टन भिल्ला बिजयी
एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको हो  । पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १–० को अवस्थामा टुंगियो । यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा छ ।

लिडस र लेस्टर सिटीले अंक बाँडे
लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन । लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १–० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्याे । यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने