चिनियाँ कला प्रदर्शनीले नेपाल भ्रमणको आकर्षण बढ्ने

काठमाडौं । नेपाल भ्रमणमा आएका सातजनाको समुहले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउने उदेस्यले काठमाडौमा एकदिने चिनियाँ चित्रकला प्रदर्शनी सम्पन्न गरेको छ ।

हान बंशका प्राचिन चिनियाँ कलालाई नेपालमा चिनाउनलागि उनीहरुले यस्तो प्रदर्शनी आयोजना गरेका हुन । काठमाडौमा चिनियाँ चित्रकला प्रदर्शनी गर्न आईपुगेको यस चिनियाँ टोलीलाई नेपाल भ्रमण तथा आतिथ्यताको व्यवस्था काठमाडौको बालुवाटारस्थित साथी नेपाल टुर एण्ड ट्राभल प्रालिको प्रवन्धमा भएको हो ।

साथी नेपाल टुर एण्ड ट्राभलका अध्यक्ष किशोरराज पाण्डेले हान डाइनेस्टीक चिनियाँ चित्रकला प्रदर्शनीमा सहभागी चिनियाँ पर्यटकलाई आफुले नेपाल ल्याएर यो प्रदर्शनीको व्यवस्था सहित काठमाडौ, लुम्बिनी र हलेसी महादेवको अवलोकन भ्रमण गराउने प्रवन्ध मिलाएको बताए ।

उनले विशेषगरि, चाईनिज हुयान टेम्पल कलेक्सनका चित्रकला प्रदर्शनी गरि नेपालको बुद्ध जन्मिएको ठाउँ लगायत विभिन्न पर्यटकीय सम्पदाको अवलोकन भ्रमणमा आफ्नो कम्पनीले सहयोग गरिदिने जानकारि दिए । यसले नेपालमा चिनियाँ पर्यटक आगमन संख्या बढाउन निकै सहयोग पुग्ने अपेक्षा गरिएको पाण्डेले बताए । उनले अझै यो प्रदर्शनीले चिनिया नागरिकहरुबीच नेपाल भ्रमर्णको आकर्षण थप बढ्ने अपेक्षा गरिएको बताए ।

सन् २००० मा आफुले पहिलोपटक चिनियाँ पर्यटकलाई व्यवसायीक रुपमा नेपाल भित्राएको जानकारी गराउँदै पाण्डेले भने, ‘अहिलेसम्म यो साथी नेपाल ट्राभल कम्पनी मार्फत धेरै चिनियाँ पर्यटक नेपाल आईसकेका छन ।’ उनले अहिले आइूपेगेको यो समुहमा पनि चिनका विभिन्न ठाउँका चर्चित व्यक्तित्वहरु र उत्कृष्ट कलाकारहरु सहभागी भएको बताए ।

पाण्डेको सो कम्पनीले काठमाडौको चित्रकला प्रदर्शनी समापन कार्यक्रममा सहभागी सबैजनालाई रात्रीभोजको व्यवस्था समेत गरिदिएको थियो । सो कार्यक्रममा चिनबाट आएका पाहुना मात्र नभएर यहाँका विभिन्न क्षेत्रका प्रतिनिधी तथा कलापारखीहरु सहभागी भएका थिए ।

पाण्डेले चिनबाट आएका कलाकारको समुहले काठमाडौमा गरेको यस्तो चित्रकला प्रदर्शनीबाट आफुहरुले चिनियाँ नागरिकको जनजीविका र प्रकृति’bout राम्रो जानकारी लिने अवसर पाएको बताए । उनले यस प्रदर्शनीमा राखिएका चित्रकलाले चीनको पुरानो तथा नयाँ जनजीवनवारे बुझ्न धेरै मद्दत पुगेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नारायण नगरपालिकामा एमालेका उम्मेदवार विजयी