‘ठूलो छाती भएको भारतले मित्रवत व्यवहार गर्नुपर्छ’

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सिमाना मिच्नु भनेको नेपाललाई हेपेको अनुभूति हुने बताएका छन् । पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न इलाम आएका ओलीले इलामको पशुपतिनगर पुगेर सीमा अवलोकन गरेपश्चात् यस्तो बताएका हुन् ।

ठूलो छाती भएको छिमेकी देश भारतले न्यायपूर्ण मित्रवत व्यवहार गर्नुपर्नेमा हेपाहा प्रवृत्ति देखाएको ओलीको टिप्पणी थियो । ‘सानोतिनो अर्घेल्याइँ गरेर भारतले ठूलो लाभ प्राप्त गर्ने होइन, यो व्यवहारले नेपाललाई आफू हेपिएको अनुभूति हुन्छ,’ उनले भने ।

ओली इलाम आउनेक्रममा आफ्नो गृहजिल्ला झापाको बुद्धशान्ति गाउँपालिका बुध’boutस्थित एक कार्यक्रममा सहभागी हुन जाँदा केही व्यक्तिले कालो झन्डा देखाएका थिए ।

कोसी प्रदेश नामकरणको विरोधमा उत्रिएको सो समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए । सो क्रममा उनीहरूले अध्यक्ष ओलीको सवारीमाथि ढुंगामुढा प्रहार गरेपछि कोसी प्रदेश नामकरणको विरोधमा उत्रिएको सो समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको थियो । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले ओलीले जनताका समस्या बुझ्न गाउँ जाँदा यस्तो घटना घट्नु दुखद भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी