आचार्य र धमलालाई पुरस्कार दिइने

काठमाडौं । नेपाली साहित्यका अमर स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी देशको विद्यमान विकृति, विसंगति र बेथिति चिर्दै नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८०’ प्राडा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ ।

यसैगरी, ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार–२०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ । युगकविले युवा अवस्थामा प्रारम्भ गरेको पत्रकारितालाई स्मरण गरी यस प्रतिष्ठानले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

युगकवि श्रेष्ठ निरंकुुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध छन् । प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औं जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले उपाध्यक्ष प्राडा मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुपोत्तम बस्नेत र प्राडा उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?