अपांगता भएकी बालिका बृद्धबाट बलात्कृत

बैतडी । बैतडीमा अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिकाका ती वृद्धले गत पुषमा अपाङ्गता भएकी बालिकामाथी बलात्कार गरिएको बताइएको छ ।

आरोपित वृद्धलाई मंगलबार पक्राउ गरि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको उनले बताए ।

‘गत पुषमा नै बलात्कार भएको भनेर उजुरी आएको छ, त्यसपछि हामिले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पिडित आफन्तनै भएकाले परिचय गोप्य राखेका छौँ,’ प्रहरी निरिक्षक चौधरीले भने ।

२ हप्ता अघि २८ बर्ष पहिला बलात्कार बाट जन्मीएका व्यक्ति युवाले न्यान नपाएको घटना बाहिरिएको थियो । जिल्लाको सिगासका ति युवक अझै न्यायको खोजीमा भौतारिएकाछन् । उनकी आमा माथी २८ बर्ष अघि बलात्कार भएपछी जन्मीएको बिषयमा २७ बर्ष अघि नै मिलापत्र गरिएकोमा मिलापत्र अनुसारको सहमती कार्यन्वयन नभएपछि उनि सञ्चारमाध्ययममा आएका थिए । बर्षौ पहिलाको मिलापत्रमा बलात्कारका अभियुक्तले नै बलात्कार बाट जन्मेका व्यक्तिको पालनपोषणको जिम्मा लिने बताइएकोमा उनले पालनपोषण गरेका थिएनन् ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी