पपगायकको अवार्ड गायक चिरन्जीवी भण्डारीलाई

काठमाडौं ।१०औं म्युजिक खबर म्युजिक अवार्डमा सर्वोत्कृष्ट पपगायकको अवार्ड गायक चिरन्जीवी भण्डारीले चुमेका छन् । गायक चिरन्जीवी भण्डारीले (त्यो दिन सम्झ) बोलको गीतबाट सर्वोत्कृष्ट पपगायकको अवार्ड चुमेका हुन् । सो गीतलाई गीतकार प्रतिमा गुरुङले रचना गरेकी हुन् ।

भण्डारी नेपाली गीत संगीत क्षेत्रमा निरन्तर आफ्ना सिर्जना दर्शक श्रोतामाझ ल्याएर लोकप्रिय बनेका छन् । केही समयपहिला उनको संगीत तथा आवाजमा तिमीसँगै हुन बोलको गीतले पनि उनलाई राम्रै चर्चा दियो ।

उनले पप, आधुनिक, भजन गीत, फिल्मी गीत गाएर श्रोता दर्शकमाझ पु¥याएर लोकप्रिय बन्दै आफैलाई, भर्सटाइल गायकका रूपमा पनि प्रमाणित गरिसकेका छन् । उनले दर्जनौं अवार्ड जितेका छन् भने दर्जनौं सांगीतिक कार्यक्रममा युवा गायकका रूपमा सम्मानित पनि हुँदै आएका छन् ।

उनी विभिन्न सांगीतिक कार्यक्रम मेला महोत्सवमा पनि उत्तिकै रुचाइएका गायकहरूभित्र पर्छन् । उनले स्टेजमा आफैंले गाएको फिल्म रेलिमाईको चट्टै मुटु बोलको गीत गाउँदा दर्शक र श्रोताको राम्रो प्रतिक्रिया आउने गरेको छ ।

उनले गाएका गीतहरूमध्ये, बिस्तारैबिस्तारै, तिमीसँगै हुन, मायालु तिमी मेरो, बदमास, हरामी, सान्नानी, झ्याइ पुल्टुङजस्ता गीत चर्चामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी