Tuesday, April 7, 2020
Home भर्खरै चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

मेलम्ची । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताउनुभयो । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज(शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भन्नुभयो ।

अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो । स्थानीयवासीले गरे बाटो बन्द सिन्धुपाल्चोकको मेलम्ची १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन् । प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिनुभयो । अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ । सिन्धुपाल्चोकबाट काठमाडौँ ओहोरदोहोर गर्नेको सङ्ख्या निकै रहेको स्थानीयवासी बताउँछन् ।

काठमाडौँ र सिन्धुपाल्चोकको नाकाके रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ । बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

(Visited 51 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

धेरै पढिएका

ई-पेपर

(Visited 25 times, 1 visits today)