२ लाखको अम्बर गुरुङ संगीत पुरस्कार किरणलाई

काठमाडौं । ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पहिलोपटक अग्रज गीतकार किरण खरेललाई प्रदान गरिने घोषणा गरिएको छ । आयोजक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले सो घोषणा गरेको हो । पहिलोपटक स्थापित यो पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।

यो पुरस्कार आगामी शनिबार पोखरामा एक समारोहबीच गीतकार खरेललाई प्रदान गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन् ।

नेपाली सुगम संगीतको विकासमा ६ दशक लामो समयदेखि निरन्तर गीतमार्फत योगदान दिएकाले खरेलले यो पुरस्कार प्रदान गर्न लागिएको पौडेलले बताएका छन् । पुरस्कारमा नगदसहित ताम्रपत्र र दोसल्ला रहनेछ ।

पुरस्कारको कोषमा २० लाख रहेको परिवारले जनाएको छ । कोष स्थापनामा विभिन्न संघसंस्था र व्यक्तिले हातेमालो गरेको अध्यक्ष पौडेलले उल्लेख गरे । पुरस्कार कोषलाई बढाएर २५ लाख पु¥याउने लक्ष्य लिइएको छ ।

साहित्य, कला र संगीतको उत्थानमा क्रियाशील परिवारले नेपाली संगीत क्षेत्रका शिखर व्यक्तित्व अम्बर गुरुङको स्मृति एवं सम्मानमा गत वर्ष सो पुरस्कार स्थापना गरेको थियो ।

अग्रज दिवंगत संगीतकार अम्बर गुरुङको योगदानलाई चिर स्थायी बनाउँदै उनको देखाएको बटोमा अरूलाई हिँडाउन यो पुस्तककार स्थापना गरिएको आयोजक पौडेलले बताएका छन् ।

दिवंगत गुरुङ नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपतिसमेत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
स्थानीय तहमा अब कांग्रेस पहिलो दल