घुम्तीमा आँखा जुधाउँदै आए सुनिल गिरी

काठमाडौं । सोल्टिनी भनी बोलाको…सहित थुप्रै चर्चित लोकपप गीत ल्याएका गायक सुनिल गिरी यतिबेला नयाँ संगीतिक घुम्तीमा भेटिएका छन् ।

उनले आफ्नो स्वरमा नयाँ गति घुम्तीमा जुधेको आँखा…को भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । यो गीत भने उनले सालैजो लयमा तयार गरेर गाएका छन् । गीतमा संगीत पनि सुनिल आफैंले गरेका छन र शब्द पनि उनकै हो । कृष्ण विक भान्जाले गीतमा संगीत संयोजन गरेका हुन् ।

यो सालैजो गीतमा अभिनेत्री मिरुना मगर र मोडल रोशन केसीको अभिनय छ । घुम्तीमा जुधेको आँखा गीत एक प्रेमील जोडीको प्रेम कथामा केन्द्रित छ । गीतको भिडियो रोमाञ्चक शैलीमा तयार गरिएको छ । मिरुना र रोशनलाई प्रेमिल जोडीको रूपमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका छन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ । भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ तथा अनिल कृष्णले नै छायांकन गरेका हुन् । भिडियो आकर्षक छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित