Sunday, April 5, 2020
Home Editor-Picks चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

काठमाडौं । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताए । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भने। अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले जानकारी दिए ।

स्थानीयवासीले गरे बाटो बन्द
सिन्धुपाल्चोकको मेलम्ची १ भोटेचौर खाल्डेमा स्थानीयवासीले बाटो बन्द गराएका छन् । प्रकोपका बेला ओहोरदोहोर बढी भएपछि स्थानीयवासीले रुख तेर्साएर बाटो बन्द गरेको स्थानीयवासी रमेश चौलागाईंले जानकारी दिए । अत्यावश्यक यातायातका साधन र व्यक्तिलाई भने अवरोध नगरिने बताइएको छ ।

सिन्धुपाल्चोकबाट काठमाडौं ओहोरदोहोर गर्नेको सङ्ख्या निकै रहेको स्थानीयवासी बताउँछन् । काठमाडौं र सिन्धुपाल्चोकको नाकाके रुपमा रहेको भोटेचौरमा नगरपालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नभएकाले रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै बाटो बन्द गरिएको स्थानीयवासीको भनाइ छ । बाटो अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

(Visited 38 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

ई-पेपर

(Visited 24 times, 1 visits today)