नीरा हत्या प्रकरणः सुनको सिक्री लुट्न हत्या

काठमाडौं । कपनस्थित ‘निरु किचेन’की सञ्चालिका नीरा पाण्डे आचार्यको हत्या उनले लगाएको सुनको सिक्री लुट्ने योजनासहित भएको प्रारम्भिक निष्कर्षसहित प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोले सीसीटीभी फुटेजको सहयोगमा शनिबार झापाबाट मेचीनगर नगरपालिका १० घर भएका ३५ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । प्रहरीले विकलाई आइतबार सार्वजनिक गरेको हो । नीराको हत्या ७ वैशाखमा भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले नीराको पसलमा बेच्न राखेकै चक्कु प्रहार गरेर विश्वकर्माले उनको हत्या गरिएको जानकारी दिइन् ।

सीसीटीभी फुटेजले हत्यारासम्म पुग्यो प्रहरी

‘पसलमै बेच्न राखेको चक्कुबाट विश्वकर्माले नीराको हत्या गरेको देखिन्छ, हत्यामा प्रयोग भएको चक्कु भेटिएको छैन, चक्कु हत्यापछि मनोहरा खोलामा लगेर फालेको आरोपीले बयानमा भनेका छन्,’ एआईजी बज्राचार्यले भनिन् ।

ब्युरोका एसएसपी दिनेश आचार्यले नीराले लगाएको सुनको सिक्री लुट्ने योजनासहित उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले हत्या आरोपी विश्वकर्माले पहिलो प्रयासमा नभई दोस्रो प्रयासमा नीराको हत्या गरेको पाइएको जानकारी दिए ।

प्रहरीसमक्ष विश्वकर्माले दिएको बयानअनुसार नीराको हत्यापछि उनले घाँटीमा लगाएको सिक्री तारकेश्वर नगरपालिकास्थित पाथीभरा सुनचाँदी पसलमा लगेर ५५ हजार रुपैयाँमा बिक्री गरेका थिए ।

एसएसपी आचार्यका अनुसार मृतक र आरोपीबीच घटनाअघि चिनजान सम्बन्ध नभएको अनुसन्धानबाट देखिएको छ । पोस्टमार्टम जाँचका क्रममा नीराको शरीरमा १९ पटक चक्कु प्रहार गरिएको फेला परेको थियो ।

यसरी भएको थियो हत्या
नीराको हत्यामा संलग्न विनोद विश्वकर्मा करिब १ महिनादेखि भक्तपुरको मनोहराफाँटस्थित होटल ‘पिजा हब’मा साथीहरूसँग बस्दै आएका थिए । उनी बीपी स्मृति आँखा अस्पताल नजिकैबाट ७ वैशाखमा करिब ११ बजेतिर बस चढेर चाबहिलमा रहेको केएल टावर पुग्छन् । त्यहाँबाट उनी हिड्दै कपनतर्फ लाग्छन् । करिब २ बजे उनी नीराको निरु किचनमा पुग्छन् र भाडा किन्ने बाहना गर्छन् ।

‘विश्वकर्माको बाहना सुरुमा भाँडा किन्ने हुन्छ, भाँडा हेरेपछि उनले चिया कप किन्ने भन्दै प्याक गर्न लगाउँछन्,’ केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी आचार्यले भने, ‘त्यसपछि उनले सुनको सिक्री लुट्ने योजनासहित एटीएम गएर आउने बाहना बनाएर निस्कन्छन् र केही बेरमा पुनः पसलमा प्रवेश गरेर निरुको हत्या गर्छन् ।’

प्रहरीका अनुसार सुरुमा सामान किन्ने बहाना बनाइरहेको बेला नीराकी १० वर्षीया छोरी आमालाई चिया लिएर पसलमा पुगेपछि विश्वकर्मा त्यहाँबाट बाहना बनाएर २ बजेर ३४ मिनेटमा निस्किएको अनुसन्धनबाट देखिएको छ । त्यसपछि पुनः उनी २ बजेर ३४ मिनेटमा पसलमा प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।

‘पसलमा दोस्रोपटक छिरेको ७ मिनेटपछि विश्वकर्माले नीरामाथि मुक्का प्रहार गरेको र त्यसपछि चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ,’ एसएसपी आचार्य भन्छन् ।

प्रहरीका अनुसार दोस्रोपटक पसलमा प्रवेश गरेपछि विश्वकर्माले नीराले लगाएको सुनको सिक्री लुट्ने प्रयास गरेको र नीरा चिच्याउन थालेपछि उनीमाथि आफूले चक्कु प्रहार गरेको बयान प्रहरीसमक्ष दिएका हुन् । हत्यापछि विश्वकर्माले पसलबाट १२ सय रुपैयाँ नगदसमेत चोरेको पाइएको छ ।

सीसीटीभी फुटेजको रेकर्डअनुसार विश्वकर्मा नीराको हत्यापछि २ बजेर ५२ मिनेटमा घटनास्थलबाट हिंडेको पाइएको छ । करिब ७ मिनेटमा नीराको हत्या गरेर त्यहाँबाट सफा टेम्पोमा तेन्जिङ चोक हुँदै चाबहिलतर्फ लागेको प्रहरी बताउँछ । त्यसपछि विश्वकर्मा पठाओमा जडीबुटीसम्म पुगेको र जडीबुटीबाट पुनः अर्को पठाओ लिएर मनोहरामा बसेको होटलमा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विश्वकर्मा ३ बजेर ३३ मिनेटमा मनहरास्थित ‘पिजा हब’मा पुगेको पाइएको छ ।

प्रहरीसमक्ष विश्वकर्माले आफू विगत १ महिनादेखि सो होटलमा बस्दै आएको भनेका छन् । यस्तै, मनहरामा पुगेर हत्या गर्दा प्रयोग गरेको सर्ट, पाइन्ट र झोला राखेको उनले प्रहरीलाई बयान दिएका छन् । यसैगरी हत्यामा प्रयोग गरिएको चक्कु मनोहरा खोलामा फ्याँकेको बयान उनले प्रहरीसमक्ष दिएका छन् । प्रहरीले चक्कु खोजी कार्य जारी राखेको छ । यसैगरी प्रहरीले विश्वकर्माले लुटेर बेचेको सुनको सिक्रीसमेत बरामद गरेको छ ।

नीराको हत्या गरेको ६ दिनपछि आरोपी काठमाडौंबाट बस चढेर झापातर्फ लागेको प्रहरीले बताएको छ । उनी शनिबार झापाबाटै पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार विश्वकर्मा पहिले झापाको ‘बेबी लोन क्लब’मा बाउन्सरका रूपमा कार्यरत थिए । त्यसपछि उनी काठमाडौं आएर ‘भाइब्रेट क्लब’मा बाउन्सरकै रूपमा काम गरेका थिए ।

करातेमा ‘ब्ल्याक बेल्ट’ पाएका विश्वकर्मा चाबहिलस्थित डिस्कोमा काम गर्दा सरस्वतीनगरमा सानीआमाकोमा बस्ने गरेका थिए । प्रहरीका अनुसार विश्वकर्मा पछिल्लो समय ठमेलस्थित भाइब्रेट क्लबमा काम गर्थे भने केही समयअघि मात्रै उनले जागिर छाडेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी