मुख्यमन्त्रीले भने ‘मेरै खल्तीबाट पैसा गायब भयो’

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफू सभामुख र मुख्यमन्त्री भएको बेला समेत आफ्नै खल्तीबाट दिनदहाडै पैसा चोरी भएको बताएका छन् । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाम समुद्घाटन समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि मुख्यमन्त्री यादवले आफनै खल्तीबाट ५० हजार खल्तीबाट गायब भएको बताए ।

‘अस्ती पार्टी अध्यक्ष उपेन्द्र यादवको विजयी जुलुसमा जाँदा पनि खल्तीबाट पैसा गायव भयो,’ उनले भने ‘सुरक्षा घेरा बिचमा रहने मुख्यमन्त्रीकै गोजीबाट दिउँसै पैसा गायव हुनुले संघीय सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।’ मधेसमा बढिरहेको भ्रष्टाचार, डकैती, चोरी, अपराधसहित हुने घटनाको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री यादवले संघीय सरकारले कर्मचारी र प्रहरी समायोजन गरिदिए आपूmले २४ घण्टाभित्र मिटरब्याज पीडितलाई न्याय दिलाउने बताए । मुख्यमन्त्री यादवले मिटरब्याजको समस्या समाधानाका लागि बनेको आयोगका माध्यमबाट सो समस्या समाधान हुनुपर्ने धारणा राखे ।

गृहमन्त्री श्रेष्ठले मिटर ब्याज सामन्तवादी शासनको नमुना रहेकाले जरैदेखि उखेलेर फाल्ने बताए । जनकपुरधाममा सुरु भएको आयोगको कार्यालयलाई सामान्यरूपमा नलिन समेत सबैलाई आग्रह गर्दै मिटर ब्याजसम्बन्धी थप अनुसन्धान र छानबिन हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सर्लाहीको चक्रघट्टामा जसपाका अध्यक्ष, उपाध्यक्ष निर्वाचित