चियाको कारोबार व्यवस्थित गर

चियाको निर्यात बढ्दै गर्दा कारोबार रकम घटेको छ । यो भनेको विगतको तुलनामा नेपाली चियाको निर्यात मूल्यमा गिरावट आएको छ । नेपाली चियामा हुने मिसावट, निर्यातसँग सम्बन्धित कतिपय झन्झटिलो प्रक्रियाले पनि नेपाली चिया कारोबारमा बेलाबेलामा समस्या निम्तने गरेको छ । नेपालमा उत्पादित चियाले विश्वबजारमा प्रभाव कायम गर्दै गर्दा नेपाली चियालाई बदनाम गर्न अन्य कतिपय मुलुकले नेपाली ब्रान्डमै मिसावट गर्ने गरेको यथार्थलाई पनि भुल्न सकिँदैन । चियाबाहेक नेपालमा उत्पादन हुने अलैंची, अदुवालगायतका सामग्री निर्यातमा पनि बेलाबेलामा यस्तै झन्झट आइपर्ने गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ११ हजार ९ सय २० मेट्रिक टन चिया निर्यात हुँदा ३ अर्ब ७९ करोड बढी आम्दानी भएको थियो भने २०७८÷८९ मा निर्यातको मात्रा बढेर १२ हजार ४ सय ९४ मेट्रिक टन पुग्यो तर आम्दानी ३ अर्ब ४३ करोडमा सीमित भयो । नेपाली चियाको मूल्यमा यति धेरै गिरावट आउनुपर्ने खास कारण छैन तर पनि निर्यात बढी रहँदा मूल्य घटेको देखिन्छ । किन कारोबार कम भयो र आगामी दिनमा कसरी बढाउने भन्नेमा बोर्डको सक्रियता हुनुपर्छ । कुनै चिया इलाम झापामा मात्रै सीमित थियो । अहिले अन्य पहाडी जिल्लामा समेत चिया उत्पादन हुन थालेको छ । चिया खेती विस्तारकै तथ्यको आधारमा भन्ने हो भने अहिले भइरहेको चिया निर्यातको नतिजा आफैंमा चित्त बुझ्दो छैन । बोर्डले आगामी दिनमा निर्यात कसरी बढाउने भन्नेमा पनि बोर्डले योजना बनाएर अघि बढ्नुपर्छ ।

चिया पिउनु अहिले विश्वभर नै संस्कार बनिसकेको छ । नेपालमा उच्च गुणस्तरयुक्त चिया उत्पादन भए पनि विश्वका कतिपय नागरिकलाई अझै नेपाली चियाका विषयमा जानकारी छैन । बोर्डले नेपाली चियाको ब्रान्डिङ गर्दै प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिनुपर्छ । नेपालका केही स्थानमा औषधिजन्य चियासमेत उत्पादन हुने हुँदा ती चियाको विशेष ब्रान्डिङ जरुरी छ । कुनै समय अर्गानिक चिया उत्पादन हुने मुलुक भनेर चिनिएको नेपाली चियामा रासायनिक मल प्रयोगको विषय विवादित पनि भयो । कतिपय ठाउँ यस्तो छ जहाँ रासायनिक मल प्रयोग गर्दा बढी उत्पादन लिन सकिन्छ । कतिपय ठाउँ त्यस्तो पनि छ जहाँ अर्गानिक उत्पादनबाटै पनि राम्रो आम्दानी गर्न सकिन्छ । जहाँ जसो गर्दा धेरै उत्पादन लिन सकिन्छ त्यसैलाई व्यवस्थित गर्दै अघि बढ्ने नीति बनाउनुपर्छ । साथै नेपालमा विभिन्न ब्रान्डका विदेशी चिया आयातसमेत हुने गरेकाले आयात घटाउने स्थायी उपाय’bout पनि योजना बनाउन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'