ट्रेलरमा बाटो (रोड टु डेथ)

काठमाडौं । नेपाली रोड थ्रिलर चलचित्र बाटो (रोड टु डेथ)को ट्रेलर सार्वजनिक भएको छ । युनिटले ट्रेलरलाई युट्युव मार्फत रिलिज गरेको छ ।

यो फिल्मको ट्रेलरमा ‘साइकोटिक कल्ट ग्याङ’लाई डरलाग्दो खलनायकको रुपमा देखाइएको छ । ट्रेलर हेरेर फिल्मको कथाको अनुमान गर्न सकिँदैन ।

भारतको चेन्नाइमा प्राबिधिक कार्यभइरहेको यो चलचित्र नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका रहेको छ ।

काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा यस अघि कार्यरत थिए ।

फिल्मका निर्माता चन्दन झा हुन् । काठमाडौंका विभिन्न स्थानसँगै उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति चाँडै घोषणा गरिने निर्माता झाले बताएका छन् । उनका अनुसार यो फिल्म डब्बी एटमस् साउन्डमा तयार हुनेछ । डब्बी एटमस् साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मधेसमा आज कत्लकी रात : रक्सि, मासु र पैसाले नतिजा उल्टिन सक्छ