प्रशसकले नायिका सामन्थाको मन्दिर नै बनाए

मुम्बई । दाक्षिण भारतकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुको ३६ औं जन्म दिनमा उनका प्रसँसकले मन्दिर नै बनाएका छन् । सामन्थाले २८ अप्रिलमा आफ्नो जन्म दिन मनाएकी छिन् । आफ्नो मुर्ती सहित मन्दिर नै बनाएर प्रसँसकले पुजा गरेको खबरले यी अभिनेत्री यतिबेला चकित परेकी छिन् । सामन्थाको जन्मदिनको अवसरमा उनका प्रसँसकले सामन्थाको मन्दिर नै बनाएर उद्घाटन गरेका छन् । सामन्था रुथ प्रभुको नाममा बनेको यो मन्दिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

सामन्थाका एक प्रसँसकले आफ्ना साथीहरुसँग मिलेर उनको जन्मदिनको विशेष अवसरमा सामन्थाको नाममा एउटा मन्दिर बनाएका हुन् । मन्दिर बनाउने व्यक्ति तेनाली सन्दीप आन्ध्र प्रदेशको बापटला जिल्लाको अलापदु गाउँका बासिन्दा हुन् । मन्दिर बनाएपछि यी फ्यानले अप्रिल २८ मा सामन्थाको जन्मदिनको अवसरमा त्यहाँ राखिएको मूर्ति अनावरण गर्नुका साथै केक पनि काटेका थिए । सन्दीपले लामो समयदेखि सामन्थाका लागि मन्दिर बनाउने योजना रहेको बताए । ठूलो मन्दिर बनाउने उनको चाहना थियो, तर बजेटको अभावले अहिले ठिकैको मन्दिर बनाएको उनले बताए ।

एएनआईका अनुसार फ्यानले बनाए सामन्थाको मन्दिरमा स्थापित सामन्थाको मूर्ति हेर्न र अभिनेत्रीको जन्मदिन मनाउन नजिकैका गाउँका मानिसहरू तेनाली सन्दीपको घर पुगेका थिए ।

सामन्था रुथ प्रभुले साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा छोटो समयमै आफ्नो छुट्टै स्थान बनाएकी छिन् । उनको अभिनयको सबैले तारिफ गर्छन् । सामन्था रुथ प्रभुले हिन्दी वेब सिरिज ‘द फैमिली म्यान सिजन २’ मा पनि मनोज बाजपेयीसँग काम गरेकी छिन् । यो वेब सिरिज ओटिटी प्लेटफम अमाजन प्राईम भिडियोमा प्रदर्शन हुँदै आएको छ । सामन्था चाँडै प्रियंका चोपडाको चर्चित अंग्रेजी वेब सिरिज ‘सिटाडेल’ को हिन्दी संस्करणमा पनि प्रस्तुत हुँदै छिन् । जसमा सामन्थासँगै बलिउड अभिनेता वरुण धवन पनि छन् ।

त्यसो त सामन्था रुथ प्रभु मायोसाइटिस नामक अटो इम्यून रोगबाट पीडित छिन् । केही समयअघि कामबाट ब्रेक लिएर यो रोगको उपचारका लागि उनी दक्षिण कोरिया गएकी थिइन् । हाल उनी भारत फर्किएर काममा लागेकी छिन् । यद्यपि यो रोगको उपचार अझै जारी छ । प्रसँसकको प्रेरणाले आफुलाई सँधै अघि बढ्न शाहस मिलेको यी अभिनेत्रीले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी