लिभरपुलको आश्चर्यजनक जीत

लन्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आश्चर्यजनक जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परलाई ४–३ को अन्तरले पराजित गर्दै अन्तिम समयमा जीत निकालेको हो ।

आइतबार राति एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले १–० को अग्रता लिन सुरु गरेको थियो । त्यसको दुई मिनेट पछि लुइस डियाजले थप गोल गर्दै लिभरपुलको अग्रता पाँच मिनेटमा नै दोब्बर पारे । 

लिभरपुल यसै रोकिने पक्षमा थिएन, मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल १५औं मिनेटमा पुग्दा ३–०को अग्रता लिन सफल भयो  । तर, खेलको ४०औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे पछि टोटनहोमले लिभरपुललाई ३–१ को स्थीतिमा ल्याउन सफल भयो । र, पहिलो हाफ ३–१ को स्थीतिमा टुंगियो ।  दोस्रो हाफको ७७औं मिनेटमा टोटनहोमका सनले क्रिष्टियन गोल गर्दै खेललाई ३–२ को स्थितिमा फर्काए । 

उता, इन्ज्युरी समय तेस्रो मिनेटमा रिचार्लीसनले सनको पासमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याईदिए । तर, त्यसको एक मिनेटपछि नै जोटाले गोल गर्दै लिभरपुललाई ४–३ को आश्चर्यजनकजित दिलाए । यस जितसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित टोटेनहम ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, समाजवादी समेटिएन