मिसेस युनिभर्समा नेपालकी शन्नीले चुमिन लोयल अवार्ड

काठमाडौं । विवाहित नारीले पनि आफ्नो कार्यालय र घरको कामबाट थोरै समय निकालेर आफुलाई बाहिरी दुनियाँमा प्रस्तुत गर्न सक्छन भन्ने उदाहरण मिसेस नेपाल युनिभर्सल २०२२ बिजेता शन्नी शाही बनेकी छिन् ।

उनले मिसेस नेपाल युनिभर्सको उपाधि त हाँसिल गरिन नै । हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी शन्नीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी छिन् । मिसेसहरुबाट नेपालले यतीठुलो उपाधि जितेको यो नै पहिलो हो । ४० औं मिसेस युनिभर्स २०२२ मा १२० देशका महिलाहरु प्रतिस्पर्धामा उत्रिएका थिए । बिजेता सहित एक दर्जन उपाधि मध्य नेपालकी शन्नीले एउटा उपाधि जितेकी हुन् ।

‘यती धेरै देशका प्रतिस्पर्धी महिलाहरुमा मैले यो उपाधि जित्नु पनि देशका लागि गौरवको कुरा हो । शिर्ष उपाधि नै जित्नु भन्ने तयारीका साथ प्रतिस्पर्धामा उत्रिएको भए पनि अन्त्यमा यो एउटा उपाधि भने जित्न सकेँ ।’ शन्नीले राजधानीसँग भनिन् ।

लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिनेर शन्नीले शिर्ष उपाधि जितेकी थिईन् । अहिले भने मिसेस युनिभर्समा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि चुमेकी हुन् । आयोजक मनिषा डँगोल श्रेष्ठले पनि नेपाली महिलाहरु यस अघि मिसेस युनिभर्समा खाली हात फर्कनु परे पनि यसपटक शन्नीले आफुहरुलाई खुसी पारेको बताईन् ।

म्यानेजमेन्टमा लन्डनबाट स्नातकोत्तर गरेकी शन्नी पछिल्लो समय लन्डनमै बस्छिन् । अभिनय र नृत्यमा आफ्नो विशेष चाह भए पनि पढाईमा व्यस्त रहेका कारण उनको सिनेमामा नायिका बन्ने सपना अधुरौ रह्यो । तथापि विवाह पछि पनि सौन्दर्य प्रतियोगितामा अन्तराष्ट्रिय प्लेटफर्ममा गाएर आफुले आफ्नो सपना पुरा गरेको उनले बताएकी छिन् ।

काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा व्युटी सम्बन्धि व्यबसाय छ । उनी आफु मनोविज्ञानको विज्ञ भएकाले उनले मानसिक स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएकी छिन् । दुई छोरीकी आमा शन्नी विवाह पछि पनि महिलाहरुले आफुले चाहेको सफलता हाँसिल गर्न सक्छन भन्छिन् ।

अन्तराष्ट्रिय उपाधि चुमेपछि बेलायतबाट काठमाडौं आएकी उनी नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलबाट सम्मानित पनि भएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी