नेपाल र यूएईको खेल वर्षाले प्रभावित, नेपालको उत्कृष्ट बलिङ

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे ।

त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए । नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक-एक विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित