दुई ट्राइ सिरिज स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर महामारीका रूपमा फैलिरहेको छ । रोकिने कुनै छाँटकाँट छैन । चीनबाट फैलिएको यही भाइरसका कारण विश्व खेलकुद नै प्रभावित बनेको छ । टोकियो ओलम्पिकदेखि युरो २०२० र कोपा अमेरिका कपसम्मका खेल स्थगित भइसकेका छन् । खेल सुचारु हुने कुनै अवस्था नै बनेको छैन । यसैक्रममा सन् २०२३ को आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको ढोकाका रूपमा रहेको विश्वकप लिग–२ अन्तर्गतका ट्राइ सिरिज पनि स्थगित भएका छन् । आईसीसीले अर्को निर्णय नभएसम्म वर्तमान अवस्थालाई ध्यानमा राख्दै जुन ३० सम्मको सबै प्रतियोगिता स्थगित गरेको जनाएको छ ।

अप्रिलमा अमेरिकामा हुने तय भएको ट्राइ सिरिज यसअघि नै स्थगित भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले कोरोना भाइरसको संक्रमण बढिरहेकाले अरू थप सिरिज पनि स्थगित गरेको हो । जसमा नेपालले खेल्ने दुई सिरिजसमेत छन् । अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको ट्राइ सिरिज स्थगित भएको हो ।

यस्तै, ९ देखि १६ जुनसम्म पपुपान्युगिनीमा हुने तय भएको नेपाल, पपुवान्युगिनी र यूएईबीचको ट्राइ सिरिज पनि स्थगित भएको छ । यस्तै, सन् २०२१ मा हुने आईसीसी टी–२० विश्वकपअन्तर्गत ६ रिजन क्वालिफाइङ इभेन्ट पनि आईसीसीले स्थगित गरेको छ । आईसीसीले खेलाडी, अफिसियल स्टाफको सुरक्षा र स्वास्थ्य मुख्य प्राथमिकतामा रहेको भन्दै यस्तो निर्णय लिएको जनाएको छ । आईसीसीले अन्य सिरिजहरूको समेत मनिटरिङ गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहमा अब कांग्रेस पहिलो दल