गाँजासहित वडाध्यक्ष पक्राउ

चुर (मकवानपुर) । अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको कमाण्डमा खटिएको संयुक्त टोलीले मकवानपुरको थाहा नगरपालिका–७ आग्रा बस्ने ७६ वर्षीय भीमबहादुर थिङ, ३९ वर्षीय शिवराज थिङ र ६७ वर्षीय इन्द्रबहादुर थिङलाई नियन्त्रणमा लिएको हो । शिवराज वडाध्यक्ष हुन्, भने भीमबहादुर उनका बुबा हुन् ।

उनीहरू तीन जनाकै घरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

भीमबहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकामा २७ किलो ग्राम गाँजाको धुलो र इन्द्रबहादुर थिङको घरबाट १० वटा बोरामा १ सय ७५ किलो लागूऔषध गाँजा गरी २ सय २ किलो लागूऔषध गाँजा तथा त्यसको धुलोसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर ल्याइएको र कारबाहीका लागि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि प्रहरीले सञ्चालनमा ल्याएको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन के हो ? उच्च प्राथमिकतामा यी विषय