‘कोसी प्रदेशको सरकार असार अगावै परिवर्तन हुन्छ’

इटहरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोसी प्रदेशको वर्तमान सरकार असार महिना अगावै परिवर्तन हुने बताएका छन् । सोमबार सुनसरीको इनरुवामा आयोजित सडक शिलान्यास कार्यक्रममा बोल्दै कार्कीले कोसी प्रदेश सरकार परिवर्तन हुने संकेत गरेका हुन् ।

‘प्रदेशका साथीहरू पनि सरकार परिवर्तनका निमित्त छलफल चलाइरहनु भएको छ । केन्द्रमा पनि यो प्रदेश सरकारको विषयमा छलफल चलिरहेको छ,’ कार्कीले भने, ‘हामी चाँडै निष्कर्षमा पुग्नेगरी छलफल गरिरहेका छौँ ।’ अन्य सबै प्रदेशमा सरकार परिवर्तन भइसकेका कारण पनि यस प्रदेशमा चाँडै सरकार परिवर्तन हुने कुरामा आँफूहरूको दुईमत नरहेको उनको भनाइ छ । कसको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन नभएपनि कांग्रेस र माओबादीसँगको गठबन्धनमा सरकार बन्ने उनको दाबी छ ।

अहिले कोसी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा माओबादी, राप्रपा, जसपाको सरकार रहेको छ । पूर्वमन्त्री कार्कीले एक फरक प्रसंगमा केन्द्रमा अहिले भइरहेको गठबन्धनको सरकार पाँच वर्ष नै टिक्ने दाबी गरे । ‘पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले गठबन्धन सरकार गठन हुने चर्चा परिचर्चा हुने गरेको छ,’ उनले भने, ‘केन्द्र र प्रदेशमा वर्तमान गठबन्धन दलको सरकार पांच वर्षसम्म कायमै रहन्छ । मुलुकमा अस्थिरता रहिरहोस भन्ने एउटा तत्व रहेको छ । त्यसलाई परास्त नगरी देश समृद्वतर्फ अगाडि बढाउन पनि गठबन्धनकै सरकार पाँच वर्षसम्म टिक्छ ।’

यसैबीच देवानगञ्ज ठूलो मदरसाबाट बबिया हुँदै हनुमान चौक सडक स्तरोन्नती शिलान्यास गरिएको छ । भारतीय सिमावर्तीक्षेत्र देवानगञ्ज गाउँपालिकाबाट सदरमुकाम इनरुवा जोड्ने २३ किलोमिटर सडकमध्ये १० किलोमिटर सडकको नेता कार्कीले शिलान्यास गरेका हुन । कूल ३२ करोड ८३ लाखमा माहाबीर इञ्जिनियरिङ एण्ड कन्ट्रक्सनले ठेक्का पाएको उक्त सडकको तीन वर्षभित्र स्तरोन्नती गरिसक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने