फेरि नछापियोस् पुस्तक नपाएको समाचार

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौसम्म पनि नयाँ पुस्तक नपाएर हैरान भएका विद्यार्थीहरु यसपाली अचम्मित भए । विद्यालयमा पढाई सुरु हुनु अगावै नयाँ किताव पाए । पूर्व काँकडभित्तादेखी पश्चिम कञ्चनपुरसम्मका स्कुले विद्यार्थीले यसपाली विद्यालय सुरु भएको पहिलो दिनमै नयाँ पाठ्यपुस्तकसहित कक्षामा सहभागिता जनाउने अवसर पाए । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै पाठ्य पुस्तक समयमै पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन दिइरहँदा विगतका शिक्षामन्त्रीहरुका अभिव्यक्ति स्मरण गर्दै प्रधानमन्त्रीको भनाईप्रति अविश्वास गरेका थिए आम अभिभावकले । विगतमा पनि शैक्षिक सत्र सुरु भएपछि केही महिना शिक्षामन्त्रीले पाठ्य पुस्तक विद्यार्थीको हातमा पु¥याउन निर्देशन दिइरहन्थे । तर, पुग्दैन थियो ।

जनक शिक्षा सामग्रीले छापेको किताव समयमै विद्यार्थीको हातमा पुगेको सम्भव त यो पहिलो पटक हो । यसबाट यो पनि स्पष्ट हुन्छ परिपक्व निर्देशन हुने हो भने सरकारी संस्थामा पनि समयमै काम हुँदो रहेछ । विगतका दृष्टान्त हेर्ने हो भने यो वर्ष किताब छपाई दुई चार महिना थप ढिला हुनुपथ्र्यो किनकी मुलुकमा सम्पन्न स्थानिय र संघिय निर्वाचनमा मतपत्र छाप्ने काम जनक शिक्षाले नै गरेको थियो । चुनाव भएको वर्ष जनकशिक्षाले पुस्तक छपाईमा एउटा बनिबनाउ उत्तर दिने गरेको थियो । ‘मतपत्र छाप्नाले किताब ढिलो भयो ।’ त्यहि संस्था हो यसपाली मतपत्र मात्रै हैन किताब पनि समयमै छाप्यो । यही घटनाको आधारमा भन्न सकिन्छ ‘यदि इच्छाशक्ति हुने हो भने समयमै काम गर्न सकिने रहेछ ।’ शिक्षा मन्त्रालय वा शिक्षासंग सम्बन्धित अन्य सरोकारवाला निकायले यसपालीको जनकशिक्षाको काम गर्ने शैलिका ’boutमा भने अध्ययन गर्नै पर्छ । आगामी वर्ष फेरि यहि समस्या नदोहोरियोस् भन्नका लागि पनि शैलि जान्न जरुरी छ ।

किताब छाप भनेर प्रधानमन्त्रीले भन्नै पर्ने, विरामीको उपचार गर भनेर स्वाथ्यमन्त्रीले भन्नै पर्ने । सडकको फोहोर उठाउन अदालतको आदेश आउनै पर्ने हो भने अन्य निकायको औचित्य के ? प्रश्न गर्नुपर्ने अवस्था आएको छ । जहाँसम्म जनक शिक्षाको सन्दर्भ छ । यसपाली कसरी समयमा किताब आयो भन्दा पनि बिगतमा किन ढिला भयो भनेर एउटा छानबिन समिति बनाउन जरुरी छ । समितिले अध्ययन गरेर विगतमा पदमा रहेका तर, सम्बन्धित काम समयमा नगरेकालाई कार्वाही गर्न जरुरी छ । यो किन पनि जरुरी छ भने विगतमा फेरि समयमै किताव नपाउने समस्या नदोहोरियोस् भन्नका लागि पनि छानबिन समिति बनाउनै पर्छ । हरेक वर्ष मन्त्री, प्रधानमन्त्रीले आदेश दिएपछि मात्रै काम हुने संस्कार अन्त्यका लागि पनि छानबिन अनि कार्वाही जरुरी छ । आशा गरौं, सरकारले अब अध्ययन गर्ने छ र सम्बन्धित विभागका कर्मचारीलाई तोकिएको जिम्मेवारी तोकिएकै समयमा गर्नुपर्छ भन्ने दिब्यज्ञान दिने छ । अर्को वर्ष विद्यार्थीले समयमै पाठ्य पुस्तक नपाएको समाचार कहीँ कतै प्रकाशित हुने छैन ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित