अर्थतन्त्रको निराशाजनक वर्ष

विक्रम संवत् २०७९ लाई फर्केर हेर्दा मुलुकको अर्थतन्त्रका लागि अत्यन्तै निराशाजनक, संकटपूर्ण देखियो छ । २०७९ ले तीन÷तीनवटा अर्थमन्त्री पाए पनि अर्थतन्त्र संकटपूर्ण अवस्थामै बित्यो । उच्च मुद्रास्फीति, विदेशी सञ्चितिमा आएको गिरावट, तरलता अभाव, कर्जाको उच्च ब्याजदर, कमजोर पुँजीगत खर्च, बढ्दो बेरोजगारी, बढ्दो सार्वजनिक ऋण, घट्दो पुँजी बजारले गर्दा अर्थतन्त्रमा बहुआयमिक समस्या देखिए । कोभिड–१९ ले ल्याएको समस्यासँगसँगै रसिया युक्रेन युद्धबाट सिर्जित विश्वव्यापी आर्थिकमन्दीबाट हाम्रो अर्थतन्त्र पूरै प्रभावित बन्यो । यद्यपि, २०८० सालसम्म आइपुग्दा पनि उल्लेखित समस्या केही एकाधबाहेक कम हुने देखिएको छैन । बरु उल्टै अझ बढेर जाने सम्भावना देखिएको छ ।

वर्ष २०७९ मा तीन-तीनवटा तहको निर्वाचन सम्पन्न भयो । सबै तहमा नयाँ जनप्रतिनिधि आए । सबै तहका जनप्रतिनिधिले आर्थिक समृद्धि, विकास तथा सुशासनको कुरा गरे पनि परिणाम ठीक विपरीत हुन पुग्यो । वर्ष २०७९ मा तीनै तहका सरकारले बजेट कार्यान्वयन गर्न सकेनन् । बरु उल्टो बजेट समीक्षामार्फत बजेटको आकार घटाए । नयाँ बजेट घोषणा गर्ने समय नजिक आइसक्दा पनि एक चौथाइ पनि पुँजीगत खर्च गर्न सकेनन् । राजस्व संकलनमा समेत सरकार कमजोर देखियो । जसको कारण राजस्वले चालू खर्चसमेत धान्न सकेन । कमजोर पुँजीगत खर्चले विकास निर्माणका काम अवरुद्ध भए । अर्थतन्त्र चलायमान हुन सकेनछ । अर्थतन्त्र चलायमान नहुँदा मन्दीको अवस्था सिर्जना भयो ।

वितेका वर्षको सुरुसँगै तरलता अभावको कारण कर्जाको ब्याजदर उच्च अंकले बढ्यो । उच्च ब्याजदरको असर निजी क्षेत्रमा प¥यो । जसको कारण उत्पादनदेखि उपभोगसम्म नराम्ररी प्रभावित भयो । आमसर्वसधारणदेखि उद्योगी, ब्यवसायी, सरकार सबैलाई गम्भीर असर प¥यो । दलाल, माफिया, कालोबजारी, तस्कर, बिचौलिया मात्र मालामाल बने । ब्याजदर घटाउने दबाब दिन उद्योगी व्यवसायी पटकपटक सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भयो । यो वर्ष (२०७९)मा दैनिक उपभोग्य खाद्यान्नलगायतका वस्तुको चर्को मूल्यवृद्धि हुँदा आमउपभोक्ताले महँगीको मार खेप्नुप¥यो । एक वर्षमा सबैभन्दा बढी धेरै घिउतेलको मूल्य बढ्यो ।

नयाँ बजेट घोषणा गर्ने समय नजिक आइसक्दा पनि एक चौथाइ पनि पुँजीगत खर्च गर्न सकेनन्

अघिल्लो वर्ष ९ सय रुपैयाँ प्रतिकिलो रहेकोमा वर्षको अन्त्यमा आइपुग्दा घिउ १३ सय पुगेको छ । अघिल्लो वर्ष लिटरको २ सय ७० रुपैयाँ रहेको तेल अहिले ३ सय ५० प्रति लिटर पुगेको छ । यस्तै, चामलमा पनि उत्तिकै मूल्य बढेको छ । गत वर्षको तुलनामा त्रिशुली पोखरेली चामल किलोमै २० रुपैयाँ बढेको छ । अघिल्लो वर्ष प्रतिकिलो ८५ रुपैयाँमा पाउने चामल अहिले १ सय ५ रूपैयाँमा खरिद बिक्री भइरहेको छ ।

मैदा र दूधमा क्रमशः २० र ११ रुपैयाँ बढाइएको छ । यी त केही बढेका नमुना मात्रै हुन् थुपै्र सामग्री कहालीलाग्दो रूपमा बढेको छ । यसप्रति सरकार बेखबर छ । कतिपय बेला बजार अनुगमन सरकारले गर्छ तर त्यो खाली देखाउनकै लागि मात्र जस्तो भएको छ ।

वर्ष २०७९ मा थुपै्र सहकारी तथा लघुवित्तमा संकट देखाप¥यो । सहकारीको नीति, सिद्धान्तमा नहिँड्दा सहकारी संकटमा परे । हजारौंको सख्यामा सहकारीमा संकट देखापरेको प¥यो । अझै यो संकट हल हुने अवस्थामा छैन । सहकारीले गलत ठाउँमा प्रयोग गरी अत्यधिक लाभ लिने उद्देश्यले कर्जा प्रवाह गर्दा समस्या आएको हो । लघुवित्तले पनि ऋणलाई चर्को ब्याजमा ऋण प्रवाह गर्दा समस्या आएको हो । ऋणको क्षमताअनुसार कर्जा प्रवाह नगर्ने, एउटै ऋणलाई धेरैवटा लघुबित्तले कर्जा प्रवाह गर्दा समस्या देखाप¥यो । यस वर्ष थुप्रै लघुवित्तमा संकट देखाप¥यो ।

धेरै लघुवित्तमा अहिले आन्दोलन र तालाबन्दीको अवस्थामा छ । वर्ष २०७९ मा मिटरब्याजीको समेत हरेक गाउँ, टोलहरूमा दबदबा बढ्यो । मिटर ब्याजीपीडित देशको राजधानीलगायत अन्य थुपै्र मागमा संघर्ष गरिहेका छन् । हेरौं सरकारले २०८० मा सहकारी, लघुवित्त र मिटरब्याजीपीडितको समस्या समाधान गर्ला कि ? तर, आमसर्वसाधारण, गरिब, मजदुर तथा उत्पीडनमा रहेका जनता सरकारले गर्ला भन्ने कुरा भरोसा छैन ।

अर्थतन्त्र फर्केर हेर्दा २०७९ मा सार्वजनिक ऋणको ब्यारोमिटर उत्कर्षमा पुग्यो । जसको कारण हरेक नेपालीको टाउकोमा ऋण बढ्न गयो । अघिल्लो वर्ष १७ अर्ब रहेको सार्वजनिक ऋण–२०७९ को अन्त्यसम्म आइपुग्दा झन्डै २१ खर्बनजिक अर्थात् २० अर्ब ७० अर्ब पुगेको छ । जुन कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतभन्दा बढी हो । यद्यपि, सार्वजनिक ऋण राम्ररी सदुपयोग हुन सकेन । चालू खर्च धान्न पनि सार्वजनिक ऋणको परिचालन गर्नु दुःखद कुरा हो ।

बैंकिङ कर्जा सर्वसाधारणभन्दा पनि घरजग्गा, अटोमोबाइल्स र सेवा क्षेत्रमा बढी गयो

२०७९ मा वित्तीय अपराध अत्यधिक बढ्यो । कालोसूचीमा पर्नेको संख्या वृद्धि भयो । कर्जा सूचना केन्द्रको विवरणमा २०७८ सालमा ९ हजार ५ सय ५० भएकोमा २०७९ मा २२ हजार १ सय ८१ जना थपिएका छन् । ऋण सावाँ तिर्न नसकेर धेरैले आत्महत्या गरे भने कतिले घर छाडेर भागे । कतिपय उद्यम व्यवसाय छाडेर विदेश पलायन भए । वित्तीय अपरोध बढ्दा सामाजिक विचलनसमेत थुप्रै बढ्न गए ।

बितेको वर्ष मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रभन्दा पनि आर्थिक क्षेत्र तहसनहस भयो । हाम्रो राजस्वले चालू खर्च धान्नसमेत कठिन प¥यो । चालू आर्थिक वर्षको यही चैत ११ गतेसम्मको राजस्व संकलन र चालू खर्चमा खर्बौं खाडल छ । चैत ११ गतेसम्म सरकारको कुल आम्दानी ६ खर्ब ४० अर्ब २८ करोड ८९ लाख रुपैयाँ रहेको छ । तर, खर्च भने त्योभन्दा १ खर्ब ६५ अर्व ५८ करोड ५५ लाख रुपैयाँ बढी अर्थात् ८ खर्ब ३ अर्ब ८७ करोड ४४ लाख रुपैयाँ रहेको छ । २०७९ सालमा कृषि क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरा एकादेशको कथाजस्तै भयो ।

वर्ष २०७९ मा बैंकिङ कर्जा उत्पादनमूलक क्षेत्रमा जान सकेन । कृषि क्षेत्रमा छुट्याएको कर्जा सीमा पनि राष्ट्र बैंकअनुसार जान सकेन । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई लगानीयोग्य रकमको १५ प्रतिशत कृषिमा लगानी गर्न भनेकोमा उनीहरूले १२ दशमलव २६ प्रतिशत लगानी गरे । बैंकिङ कर्जा धेरै मानिसको हातमा पुगेन । बैंकिङ कर्जा घरजग्गा, अटोमोबाइल्स र सेवा क्षेत्रमा बढी गयो । नेपाल राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम लागू गरे पनि लघुवित्तले ३०–३६ प्रतिशतसम्म घुमाएर ब्याज लिए । किस्ता तिर्न नसेपछि घर छोडेर भाग्नेको संख्या बढ्यो ।

गएको वर्षमा पुँजी बजार अर्थात् सेयर बजारले नराम्ररी धक्का खायो । २०७९ मा सेयर बजारले ९ खर्ब ९० अर्ब रुपैयाँबराबरीको लगानी गुमायो । नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तदेखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको एक वर्षको अवधिमा मार्केट क्यापिटलाइजेसन ९ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँले घट्यो । अघिल्लो वर्ष फागनु मसान्तमा २६ सय ६८ दशमलव १२ अंकको बिन्दुमा नेप्से रहँदा मार्केट क्यापिटलाइजेसन ३७ अर्ब ८२ अर्ब ७९ करोड रुपैयाँबराबरको रहेको थियो । तर, चालू अािर्थक वर्षको फागनु मसान्तसम्म आइपुग्दा नेप्से सूचक १९ सय ५३ दशमलव शून्य ६ अंकको बिन्दुमा झर्न पुगेको र मार्केट क्यापिटलाइजेसन २८ खर्व २३ अर्ब ६८ करोड रुपैयाँमा झ¥यो ।

अन्त्यमा बितेको १ वर्ष अर्थतन्त्रका सबै सूचक नकारात्मक मात्र देखिएको भने कदापि होइन । अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार हुन सक्यो । गत वर्षको तुलनामा करिब २० प्रतिशतले आयात घट्यो भने रेमिट्यान्स आय २५ प्रतिशतले बढ्यो । यही कारण विदेशी विनिमय सञ्चिति फेरि १४ खर्बभन्दा माथि पुग्यो । सञ्चितिमा बढोत्तरी भएपछि यससँग सम्बन्धित अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव प¥यो ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा