Sunday, April 5, 2020
Home Not-to-be-missed कोरोनाको चपेटामा हलिउड सेलिब्रेटी

कोरोनाको चपेटामा हलिउड सेलिब्रेटी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभरि फैलने क्रम जारी छ । यतिबेला यो संक्रमणबाट अमेरिका ग्रस्त छ । चीन र इटालीपछि विश्वमै कोरोना संक्रमणबाट ग्रसित तेस्रो स्थानमा अमेरिका छ । अहिले अमेरिकाका अधिकांश राज्यमा यसको संक्रमण छ । अझ न्युयोर्कमा त यसको संक्रमण सर्वाधिक तीव्र छ ।

यो संक्रमणबाट मंगलबार अमेरिकाले हलिउड स्टार मनु डिबैंगो गुमायो । यतिबेला त्यहाँका अरू कलाकार पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । हलिउडका एकपछि अर्काे स्टारहरू कोरोनाबाट संक्रमित बनिरहेका छन् ।

यसैक्रममा अस्ट्रेलियामा नयाँ फिल्मको सुटिङका लागि पुगेका हलिउड चर्चित अभिनेता टम ह्यांक्सलाई पनि कोरोनाले ग्रस्त बनायो । ६४ वर्षीय अभिनेता ह्यांक्सलाई गत साता नै कोरोना देखिएको हो ।

बिग, फिला डेल्फिया, फरेस्ट गेम, कास्ट अ वे, सेभिङ प्राइभेट रेयान, ए ब्युटिफुल डे इन द नाइबरहुड, क्याप्टेन फ्लिप्स, द ग्रिन माइल, द टर्मिनल, द डा भिन्चिकोड, एभ्री टाइम वेल से गुड बाइ, द ग्रेट बुक हार्डवार्ड, द सर्कल, अ होलोग्राम फर द किङजस्ता दर्जनांै हिट फिल्म हलिउडमा दिइसकेका अभिनेता टोमको उपचार राम्ररी भइरहेको र उनको स्वास्थ्यमा निक्कै सुधार आएको भनाइ चिकित्सकहरूको छ ।

अभिनेता टमसँगै उनी श्रीमती तथा हलिउड अभिनेत्री रिटा विल्सनमा पनि कोरोनाको संक्रमण देखिएको छ । श्रीमान् टमलाई कोरोना भाइरसले ग्रस्त पारेपछि पत्नी रिटामा पनि कोरोना संक्रमणको लक्षण देखिएको थियो । स्वास्थ्य परीक्षण गर्दा उनको पनि कोरोना भाइरस पोजेटिभ पाइयो । टमको स्वास्थ्यमा निकै सुधार भए पनि अभिनेत्री रिटालाई अझै कडा ज्वरो आइरहेको चिकित्सकहरूले जनाएका छन् । यी दुवै दम्पती अझै कोरोना भाइरसको उपचारमा छन् । यी दुवै अस्ट्रेलियाको गोल्ड कास्ट होस्पिटलको आइसोलेसनमा छन् ।

हलिउड अभिनेत्री डेबी मजार पनि कोरोना भाइरसबाट ग्रसित भएकी छन् । ६ दिनअघि ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा आफूमा कोरोना भाइरस पोजेटिभ देखिएको यी अभिनेत्रीले इन्टाग्राममार्फत जानकारी दिएकी छन् । थुप्रै हिट फिल्ममा देखिएकी यी अभिनेत्री अहिले उपचारको क्रममा छिन् । आफ्नो उपचार राम्ररी भइरहेको यी अभिनेत्रीले बताएकी छन् । आफू उपचारको क्रमहरूमा आइसोलेसनमा रहे पनि उनले उनले आफ्ना फ्यानहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन अपिल गर्न छाडेकी छैनन् । अरू कलाकार साथीहरूलाई पनि सुरक्षित रहन उनले सन्देश छाडेकी छन् । अभिनेत्री मजारका परिवारलाई पनि अहिले उच्च निगरानीमा क्वारेन्टाइनमा राखिएको छ ।

हलिउड फिल्म च्यानल एचबीओको लोकप्रिय सिरिज गेम अफ थ्रोन्सका नायक र नायिका दुवै कोरोना भाइरसबाट संक्रमित भएका छन् । यी कलाकारहरू सुटिङकै क्रम संक्रमित भएका हुन सक्ने अनुमान गरिएको छ । यो फिल्मका केही प्राविधिकहरूमा पनि कोरोनाको संक्रमण देखिएको बताइएको छ ।

गेम अफ थ्रोन्सका ४१ वर्षीय नायक क्रिस्टोफर हिभ्जुलाई १७ मार्चमै कोरोनाको लक्षण देखिएको थियो । तत्कालै स्वास्थ्य परीक्षण गरेका यी अभिनेतामा कोरोना भाइरस पोजेटिभ देखियो । उनी अहिले उपचारकै क्रम स्वास्थ्यलाभ गरिरहेका छन् । अभिनेता क्रिस्टोफरलाई कोरोना पोजेटिभ देखिएपछि उनका परिवारलाई घरमै उच्च निगरानीमा क्वारेन्टाइनमा राखिएको छ ।

गेम अफ थ्रोन्सकी नायिका इन्दिरा बर्मा पनि कोरोना भाइरसको चपेटामा परेकी छन् । यी अभिनेत्रीले उच्च ज्वरोपछि आफ्नो कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत बताएकी छन् । केही दिनयता आफूसँग भेटघाट गरेका कलाकार, प्राविधिक तथा अन्य साथीले आफूलाई क्वारेन्टाइनमा राख्नुका साथै कोरोना भाइरसको परीक्षण गर्न उनले अनुरोध गरेकी छन् । यतिबेला आफू कोरोना भाइरसको उपचारमा रहेको पनि अभिनेत्री बर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

हलिउडमा समेत काम गरिसकेका बेलायती अभिनेता तथा संगीतकार इर्दिस इल्बा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । यी अभिनेताले पनि १६ मार्चमा एक भिडियो ट्वीट गर्दै आफ्नो कोरोना भाइरस परीक्षणको रिजल्ट पोजेटिभ देखिएको बताएका छन् । उनी अहिले आइसोलेसनमा रहेर उपचारमा छन् । उनले आफूसँग जोडिएका सबैलाई क्वारेन्टाइनमा रहेर सहयोग गर्न सुझाव दिएका छन् ।

कोरियन तथा हलिउड अभिनेता डेनियल डे किम पनि कोरोना भाइरसको संक्रमणमा छन् । रुघा, खोकी र ज्वरो देखिएपछि आफूले स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको यी अभिनेताले ट्वीट गर्दै जानकारी दिएका छन् । ६ दिनयता कोरोना भाइरस परीक्षण नियमित भएको र अझै अवस्था पोजेटिभ नै भएको अभिनेता किमले बताएका छन् । उनलाई गत बिहीबार कोरोना पोजेटिभ देखिएको हो । उनी पनि अहिले आफ्नो गृह नगर हवाइमा उपचारको क्रममा आइसोलेसनमै छन् ।

– एजेन्सीको सहयोगमा

(Visited 106 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

भर्खरै

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

धेरै पढिएका

भारतबाट आएका हजार जना आफ्नै घरमा , काेराेन संक्रमणकाे खतरा !

दार्चुला । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे...

मन्त्रिपरिषदको निर्णय : भोलिबाट लकडाउनमा थप कडाइ

काठमाडौं । सरकारले लकडाउन थप कडा बनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन...

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध रु एक करोड सहयोग

काठमाडौं । नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई रु एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य...

ई-पेपर

(Visited 24 times, 1 visits today)