लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई विश्वासको मत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभाका बहुमत ५३ सांसदले मुख्यमन्त्रीलाई बिस्वासको मत दिएका हुन । मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ। प्रदेश सरकार प्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्री बताए । मुख्यमन्त्रीलाई नेपाली काङ्ग्रेसका, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति,लोसपा, जसपा, जनमत,र एक स्वतन्त्रले विश्वासको मत दिएका हुन ।

एमालेले बिपक्षमा मतदान गरेको छ । अहिले मुख्यमन्त्रीसँगै नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार