महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् । पुनर्वास नगरपालिका–४ कार्की चोकका ३० वर्षीय गणेश खड्काले आफ्नै बाबु ७१ वर्षीय धनबहादुर खड्काको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरेको आरोपमा प्रहरीले छोरा गणेशलाई मंगलबार बिहान करिब साढे ७ बजेतिर पक्राउ गरेको छ । मंगलबार बिहान घरबाट भागिरहेको अवस्थामा स्थानीयले घर घेराउ गरी पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
घरायसी विवादपछि सोमबार राति मुक्का प्रहार र बासको भाटाले हिर्काएर गणेशले आफ्नै बाबुको हत्या गरेको प्रहरी निरीक्षक मल्लले बताए । घटनास्थलबाट प्रहरीले रगतले लत्पतिएको बासको भाटा बरामद गरेको छ ।
हत्यासम्बन्धी थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)