हुक्काको ट्रेलरमा सन्तान अभावको पीडा

काठमाडौं । नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्मलाई शम्भु थापाले निर्देशन गरेका हुन् ।

सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारलाई स्थान दिइएको छ ।

ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ । यस्तै, आफ्ना पुर्खाको धाक लगाएर बसेका सन्तोषकुमारले पोखरा गएर पैसा उठाउने कुरा सुनाउँदा प्रमिलाले गहना बेच्न दिएको दृश्य मर्मस्पर्शी छ । पोखरा पुगेपछि सन्तोषकुमारको जीवनमा आएको उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।

प्रमिलाका दाजुसँग प्रमिलाको अंशका विषयमा भएको झगडा साथै श्रीमानले शंका गरेर घरभित्र छिर्न नदिएर श्रीमतीलाई लिन खोजिएको अग्नि परीक्षा लगाएतका दृश्यले पनि ट्रेलरमा समेटिएको छ ।

शम्भु थापा र अशु न्यौपानेको पाँच वर्षसम्म सन्तान नहुँदा भोग्ने पीडालाई यो फिल्ममा प्रस्तुत गरेका छन् । फिल्मकी अर्की कलाकार एलिशा विकका पतिले आफूलाई ५ लाख ल्याएर नदिएसम्म घर नफर्कन दिएको धम्कीले महिलाको घरेलु पीडा दर्साएको छ ।

हुक्कामा प्रमिला, सन्तोषकुमार, तेज, अंशु, तलिशा, एलिशासँगै प्रकाश घिमिरे, निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ र बाल कालाकार अंकित जीसीको पनि अभिनय रहेको छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा र संवाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन, उत्तम न्यौपानेको ध्वनि मिश्रण र कृष्णबहादुर थापाको छायांंकन छ ।

फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् । रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?