स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको म्याड्रिड घरेलु टोली सोसिडाडसँग २–० ले स्तब्ध बनेको हो । सोसिडाडको जितमा ताकेफुसा कुबो र एन्डर ’boutनसिएले एक एक गोल गरे ।
खेलको ४७ औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै सोसिडाडलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ८५ औं मिनेटमा एन्डर ’boutनसिएले गोल गर्दै सोसिडाडलाई २–० को जित दिलाए । यस्तै, खेलको ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा यथावत छ । म्याड्रिड ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।
तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)