मौलापुरकी मेयर रिना साहद्वारा बिद्यालय भवनको शिलान्यास

रौतहट । रौतहट मौलापुर नगरपालिका– ३ गम्हरिया स्थित एक विद्यालयको कक्षा कोठा तथा कम्पाउण्ड वाल निर्माण हुनेभएको छ । गम्हरिया माध्यमिक विद्यालयको १६ कोठे भवन तथा कम्पाउण्ड वाल निर्माणको आज शिलान्यास गरिएको छ । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमार साहले एक कार्यक्रमका बीचमा शिलान्यास गरेकी हुन् ।

३ करोड ६ लाखको लागतमा १६ कोठे भवन, कम्पाउण्ड वाल, जग्गा बिकास सहित निर्माण कार्य आर्थिक बर्ष २०८०÷०८१ भित्रैमा सकिने लक्ष्य राखिएको छ । दुई ब्लक छुटयाएर निर्माण कार्य समयमै सक्ने गरी कार्य अघि बढाउँने योजना शिलान्यासका क्रममा मेयर साहले जानकारी दिईन् ।

भवन निर्माण ब्लक (ए) मा एक करोड ३९ लाख, भवन निर्माण ब्लक (बी)मा एक करोड ३९ लाख र कम्पाउण्डवाल तथा जग्गा विकासमा २८ लाख खर्च हुने लागत योजना रहेको छ । त्यसका लागि मौलापुर नगरपालिकाले २ करोड ७५ लाख र उपभोक्ता समितिले ३९ लाख सहयोग गर्ने मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

मौलापुर नगरपालिकाले शैक्षिक बिकासका लागि झण्डै ५० प्रतिशत बजेट छुटयाई शिक्षा क्षेत्रमा नयाँ किर्तिमान रचेको छ । यस अघि समेत शिक्षा क्षेत्रको बिकासका लागि मौलापुर नगरपालिकाले बिद्यालयको भवन निर्माण, पाठयपुस्तक, बिधार्थीहरुलाई शैक्षिक समाग्री वितरण लगायतका शिर्षक बजेट छुटयाई शिक्षा क्षेत्रको बिकासका लागि काम गर्दै आएको मेयर साहले बताईन् ।

‘कुनै पनि बालबालिका शिक्षाको पहुचबाट टाढा नहोस् । सबैले गुणस्तरीय शिक्षा पाउँन, शिक्षा प्राप्त गरी रोजगार पाउँनुपर्छ । बिद्यार्थीहरुले आफ्नो नगर, जिल्लाको नाम सबैतिर रोशन गरुन’ मेयर साहले शिलान्यास गर्दै भनिन्, ‘हामीले सबैले शिक्षा पाउँन भन्ने उदेश्यले विद्यालय भवनको कक्षाकोठा निर्माण गर्न लागेका छौं । यसले यहाँको शिक्षा क्षेत्रको बिकासका लागि सहयोग पुग्नेछ । सबैका छोराछोरीले गुणस्तरीय शिक्षा पाउँन भन्ने चाहना हाम्रो हो ।’

मौलापुरकी मेयर साहले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका क्षेत्रको बिकासका एवं नगरबासीको चाहना, आवश्यक्तालाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउँने दिनमा मौलापुर नगरलाई हरेक क्षेत्रमा उत्कृष्ट पालिकाको रुपमा बिकास गर्ने योजना रहेको बताईन् ।

सो कार्यक्रममा उपमेयर नागेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक चन्देश्वर साह, विधार्थी लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी