यातायातमन्त्रीकै लाइसेन्स एक वर्षदेखि लाइनमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी काम हुने निकायको सबैभन्दा माथिल्लो निकाय हो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । सोही मन्त्रालयका प्रमुख अर्थात् मन्त्रीकै लाइसेन्स भने एक वर्षदेखि लाइनमा रहेको पाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षदेखि आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ‘पेन्डिङ’मा रहेको बताएका हुन् ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा आफ्नो लाइसेन्स प्रक्रियाका क्रममा रहेको भन्दै यातायात क्षेत्रमा धेरै विसंगति रहेको बताउँदै यो अवस्थालाई सुधार गर्न आफू लागिपर्ने बताएका हुन् ।

‘यातायात क्षेत्रमा केही विसंति, विकृति, समस्या र जटिलताहरू छन् । जस्तो कि लाइसेन्सकै कुरा छन् । छ महिना, आठ महिनादेखि लाइसेन्स नपाएका पनि छन् । अहिलेसम्म मेरै लाइसेन्स आएको छैन, एक वर्ष भइसकेको छ,’ कार्यक्रममा उनले भने ।

आवश्यक सुधारका लागि महत्वपूर्ण जम्मेवारीमा रहेका विभागीय जिम्मेवारी पाएका मन्त्री नै सार्वजनिक कार्यक्रमबाट आफ्नो लाइसेन्स वर्ष दिनदेखि पेन्डिङमा रहेको बताएका हुन् ।

विभागीय मन्त्री जस्तै सर्वसाधरणले भने दुई वर्षसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले अझै ६ लाख बढी लाइसेन्स छाप्न बाँकी रहेको छ ।

विभागले छपाइ क्षमता कम भएको र माग बढी रहेकाले यस्तो समस्या आएको जनाउने गरेको छ । सेवाग्राहीले भने कर्मचारीको ढिलासुस्तीका कारण लामो समय लाइसेन्स पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल