नयाँ जीवन पाएकी चम्सुरीले ल्याइन् नयाँ गीत

काठमाडौं । तीन वर्षअघि हास्यव्यंग्य अभिनेत्री पल्पसा डंगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ गीत ल्याउने तयारी गरेकी थिइन् । त्यतिबेला कोरोना सुरु भयो र उनको पनि दुवै मिर्गाैला बिग्रियो । त्यसपछि ओछ्यान परेकी यी कलाकारले जीवनबाटै आस मारेकी थिइन् । आफ्नो भाइ अजु डंगोलले एउटा मिर्गाैला दान गरेपछि नयाँ जीवन पाएकी पल्पसाले त्यो गीतलाई यतिबेला आफ्नो स्वरमा रेकर्ड गरेर भिडियो बनाएर दर्शकमाझ ल्याएकी छन् ।

उनले आफ्नो जन्म दिनको अवसर पारेर सो गीतलाई बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिन् । हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ, मुरलीधर, किरण केसी, दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे (माग्ने बुढा)सहितका कलाकारले यो गीतको भिडियोलाई संयुक्त रूपमा सार्वजनिक गरे ।

आफ्नो स्वर ठिकै भए पनि सन्देश प्रवाहका लागि यो हास्यप्रधान गीत ल्याएको पल्पसाले बताइन्, ‘भाइले मिर्गाैला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरै काम गर्नु छ । त्यसैले जन्मदिनको अवसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ,’ कलाकार पल्पसाले विमोचन समारोहमा भनिन् ।

समारोहमा सबैले पल्पसालाई जन्मदिनको शुभकामना दिँदै नयाँ जीवन पाएकोमा अझ धेरै प्रगति देख्न पाइयोस् भने । कलाकार मदनकृष्ण श्रेष्ठले त पल्पसालाई अहिलेको अवस्थामा देख्दा नयाँ काम गर्न आपूmलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बताए ।

मदपानको लतमा लागेर श्रीमती र परिवारलाई दुःख दिएका श्रीमान्लाई सुधार्ने सन्देश यो गीतले बोकेको छ । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् । उनले यो आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गरेकी छन् । जसमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाकाे माथागढीमा एमालेको जित