घाँस बटुल्न सघाउछु भन्दै ओढारमा लगेर बलात्कार

खोटाङ । खोटाङमा गोठालो गएकी युवती बलात्कृत भएकी छन् । बाख्रा गोठालो गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षकी युवती बलात्कृत भएकी हुन् । युवतीलाई बाख्रा चराउन गएका २९ वर्षीय प्रतापजङ राईले जोरअंगेरी जंगलमा बैसाख १८ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका अभियुक्तले युवतीलाई पात्लेको घाँस झार्ने र बटुल्न सहयोग गर्न भन्दै पात्लेको फेदमा लगेर करणी गरेको आफन्तले बताएका छन् । फुत्किन खोज्दा अभियुक्तले कपालमा समातेर तान्दै ओढारमा लगेर जवरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ । प्रतिकारका क्रममा घाइते अशक्त बनाएर करणी गरेको र निरन्तर रोईकराई गरेर चिच्याएपछि ‘धेरै कराइस, तँलाई मारिदिन्छु’ भन्दै दुबै हातले घाँटी थिचिरहेको अवस्थामा स्थानीय एक महिला घटनास्थल पुगेपछि अभियुक्त भागेको युवतीका परिवारले बताएका छन् ।
करणीका क्रममा निस्किएको चिच्याहट सुनेर स्थानीय महिला घटनास्थल पुगेको बताइएको छ ।

मरणासन्न अवस्थामा पुगेकी युवतीलाई तिनै महिलाले बोकेर खेतमा पु¥याए परिवारलाई खबर गरेको जाहेरीमा भनिएको छ । युवतीलाई सोधपुछ गर्दा घटनाका विषयमा विस्तृत जानकारी भएको आफन्तले बताएका छन् । घटना लगत्तै जिल्ला अस्पताल लगिएकी युवतीलाई रेफर गरेपछि थप उपचारका लागि धरान लगिएको छ । जवरजस्ती करणी गरेर ज्यान मार्ने प्रयास गरेका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आफन्तले बैसाख १८ गते जिल्ला प्रहरी कार्याल खोटाङमा जाहेरी दिएका छन् । घटना लगत्तै आरोपित फरार भएकाछन् । घटनाको विषयमा अनुसन्धान सँगै फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 911 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा