गाउँ जोड्न गोरेटो बाटो

कालिकोट । पाँच वर्षअघिसम्म कालिकोटको महावै गाउँपालिका–१ डिल्लीकोटका सबै टोलमा गोरेटो बाटो मात्रै थियो । गाउँमा मोटरबाटो खन्ने लहर चल्यो मान्छे र गाईवस्तु ओहोरदोहोर गर्ने गोरेटो बाटो मासिने क्रम सुरु भयो ।

बनेका सडक विस्तार गर्दा होस् या नयाँ सडक बनाउँदा पहिलो प्रहार गोरेटो बाटो माथि भयो । थोरै भए पनि सार्वजनिक जग्गा पर्ने, पहिलैकै बाटो हुँदै सडक बनाउँदा सहज हुने भएकाले बिनास्टमेट पहिलाकै गोरेटोलाई सडकको रूप दिन थाले । अहिले सडक त बन्यो तर गोरेटाको अभावमा गाउँले जीवन कष्टकर बन्दै गइरहेको छ ।

डोजरले खनेका सडकका कारण सिंगै गाउँ पहिरोको जोखिममा परेपछि सर्वसाधारण फेरि गाउँको गोरेटो सम्झन थालेका छन् । सडककै कारण कतिपय गाउँ नै पहिरोमा परेर धेरैको ज्यानसमेत गयो । कतिपय बस्ती नै स्थानान्तण गर्नुपर्दा महावै गाउँपालिकाले गाउँभित्र पक्की गोरेटो बाटो निर्माण सुरु गरेको छ ।

डिल्लीकोट मात्रै होइन, कालिकोट जिल्लाको अधिकांश वडामा खनिएको सडक अहिले समस्या बनिरहेको छ । गोरेटो बाटो मासिएर गाउँले जीवन प्रभावित भएपछि महावै गाउँपालिकाले मर्मत तथा निर्माणको अभियान थालेको छ । पछिल्लो एक वर्षमा पालिकाका सातवटै वडामा चार किलोमिटर गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

‘हाम्रो वडाका सबै टोलमा गोरेटो बाटो पुगेको छ, अहिले मर्मत भएको गोरेटो बाटोले मेलापात ओहोरदोहोर गर्न सजिलो बनाएको छ,’ स्थानीय सविना सिंहले भनिन्, ‘पहिलै गल्ली मासेर गल्ती गरे अहिले फेरि बनाए ठिकै भो,’ सडक बनाउँदा गोरेटो काटेर बनेका डोजरले खनेका सडकले विपद् निम्त्याएका छन् । स्थानीय सरकार आएपछि धेरैजसो क्षेत्रमा गाउँका भित्री सडक खन्न डोजर प्रयोग गरियो । जसले गर्दा धेरै ठाउँ पहिरोको उच्च जोखिममा परेका छन् । ‘अहिले महावैले एक गाउँदेखि अर्को गाउँ जोड्ने गोरेटो बाटो बनाएपछि पहिरोको जोखिमबाट मुक्त भएका छौं,’ एक स्थानीयले भने ।

‘पहिले हामीले ‘डहर’ भन्थ्यौं, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौं,’ वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर शाहीले भने, ‘सवारी कुद्ने सडक मात्रै सब थोक होइन रहेछ । पछिल्लो पाँच वर्ष डोजरले गाउँ नै उजाड बनायो,’ डोजरले सडक खनेको कारण पहिरोको उच्च जोखिम बढाएपछि गोरेटा बाटो मर्मत र पुनर्निर्माण गरेको उनको भनाइ छ ।

सार्वजनिक खरिद ऐनमा कुनै नयाँ संरचना बनाउँदा बनिरहेका पुराना संरचना भत्किएमा नयाँ बन्ने योजनाले नै पुराना संरचना पुनर्निर्माण गर्नुपर्ने व्यवस्था छ । तर उपभोक्ता समितिमार्फत बन्ने सडक हुन् वा निर्माण व्यवसायीले बनाउने सडक, कसैले पनि गोरेटोमा ध्यान दिएको पाइँदैन ।

‘सहरको जस्तो अवस्था गाउँमा हुँदैन, सबै कामका लागि सवारी प्रयोग हुन्छन् भन्ने छैन, पैदल हिँड्न सडकमा कठिन हुन्छ,’ हरिबहादुरले भने, ‘मेलापात, जन्ती, मलामी, वल्लोगाउँ पल्लोगाउँ गर्ने बाटासमेत नभएकाले हामीले गोरेटो पुनर्निर्माण थालेका हौं ।’

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरको प्रयोग गरेर सवै वडाले गोरेटो बाटो निर्माण गरेको छ । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै काम पनि गर्न सक्ने र परिणाम पनि राम्रो आएको वडा नम्बर ३ का वडाध्यक्ष प्रशान्त सिंहको भनाइ छ । धमाधम टोलटोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुन थालेपछि स्थानीय हर्षित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै