आईसीयू र भेन्टिलेटर गोदाममा

कालिकोट । सरुवा रोग अस्पताल कालिकोटमा विशेष जनशक्तिको अभावमा आधुनिक उपकरण गोदाममै थन्किएका छन् । २१ जनाको दरबन्दी रहेको एक मात्र सरुवारोग अस्पतालमा विशेषज्ञ जनशक्तिको अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै महँगो मूल्यमा खरिद गरिएका आईसीयू र भेन्टिलेटर थन्किएका हुन् ।

यी सामग्री कोरोना कालमा केही महँगो मूल्यमा खरिद गरिएको थियो भने केही सहयोगमार्फत कालिकोटले पाएको थियो । यी उपकरण जनशक्तिको अभावमा अस्पतालमै थन्क्याउनुुपरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

मेडिकल अफिसरसँगै २१ जनाको दरबन्दी रहेको सरुवा रोग अस्पतालमा अहिले तीन जनाले धानिरहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले बताए । ‘कोरोनाका बेला खरिद गरिएका उपकरणले धेरैको ज्यान त बचायो तर अहिले जनशक्ति र बिरामी नहुँदा थन्क्याउनुपरेको छ,’ उनले भने, ‘विकट क्षेत्रमा स्वास्थ्य साम्रगी जिल्लाका लागि राम्रो हो । उतिबेला यिनै साम्रगीले धेरैको ज्यान जोगाएको थियो पनि अहिले अस्पतालको गोदाममै थन्क्याउनुपरेको छ ।’

कोरोना महामारीमा कोभिड अस्पतालका लागि प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको थियो । तर, महामारीको प्रभाव कम भएसँगै आईसीयू र भेन्टिलेटर अस्पतालको गोदाममा थन्किएका छन् । जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य सेवाको अवस्था र संरचनामा केही सुधार देखिए पनि सघन उपचार सेवाको अवस्था भने उस्तै नाजुक छ ।

सरुवा रोग अस्पतालमा आठ थान आईसीयू उपकरण र केही थान भेन्टिलेटर उपकरण प्रयोगविहीन अवस्थामा छन् ।

महामारीको समयमा चलेको आईसीयू र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र बिरामी नहुुँदा अहिले अस्पतालले चलाउन नसकेको अस्पतालका हेमराज बमले बताए । ‘अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा छैन । तर, महामारीका समयमा अस्पतालले खरिद गरेको उपकरण भने अहिले गोदाममा छन्,’ उनले भने ।

कोरोना महामारीको समयमा सरकारले उपकरण कोभिड अस्पताललाई सहयोग गरेको थियो । ती उपकरण अहिले प्रयोगविहीन हुँदा कालिकोटवासीले सघन स्वास्थ्य उपचार सेवाको अभाव झेल्नुुपरेको छ । कतिपयले आईसीयू तथा भेन्टिलेटरको अभावमा ज्यानसमेत गुुमाउनुुपरिरहेको छ । ‘उपकरण त छन् तर संरचना छैनन्, संरचना बनाउन सकिन्थ्यो तर उपकरण चलाउने प्राविधिक जनशक्ति छैनन्,’ बमले भने ।

उपकरण व्यवस्थापनसँगै सरकारले ती उपकरण सञ्चालन तथा व्यवस्थापनका लागि संरचना र जनशक्ति बन्दोबस्त गर्नसके कालिकोटवासी सघन उपचार सेवा जिल्लाबाहिर जानुुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकाल सकिन लाग्दा अस्थायी कोभिड अस्पताललाई सरुवा रोग अस्पताल स्थापना गरी हतारहतारमा चुनावी नारा बनाउन बिनाजनशक्ति सरुवा रोग अस्पतालको उद्घाटन गरेका थिए । तामझामका साथ उद्घाटन गरिएको अस्पतालमा अहिले न बिराम न त जनशक्ति छन् ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
स्थानीय तहमा अब कांग्रेस पहिलो दल