अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार खरेललाई

पोखरा । गीतकार किरण खरेल ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सो पुरस्कार अर्पण गरेका हुन् ।

नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको योगदान चिरस्थायी बनाउने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवारले उनको नाममा राष्ट्रिय संगीत कोष स्थापना गरी पहिलोपटक खरेललाई पुस्कृत गरेको हो । संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले हाल १८ लाख अक्षयकोषमा जम्मा भइसकेको बताए । नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार भएको आयोजकको दाबी छ ।

चलचित्र ‘माइतीघर’को यो हो मेरो प्राणभन्दा प्यारो गीतका रचयिता किरणले सयभन्दा बढी चलचित्रमा गीत लेखिसकेका छन् । १९९५ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका उनले १९ वर्षको छँदा २०१४ सालमा ‘ए दूरका सितारा’ गीत रेकर्ड गराएका उनका ४ गीतिसंग्रह प्रकाशित छन् । पोखरामा शनिबार नै ‘ए दूरका सितारा’ संग्रह विमोचन भयो ।

जिन्दगीलाई जित होइन हारले स्वागत गरी, नमान लाज यसरी, वनमा फुल्यो फूलैफूल, लुकुँलुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा, कसले चो¥यो मेरो मन, मन्दिरमा छ कि मूर्तिमा माया, हिमालको काखमा छ सानो मेरो गाउँलगायत गीत उनैले लेखेका हुन् ।

पुरस्कार ग्रहण गर्दै ८५ वर्षीय गीतकार किरण खरेलले नेपाली गीतसंगीतका धरोहर अम्बर गुरुङको सुकिलो योगदानको चहकिलो सम्मान भएको बताए । पहिलोपटक नै पुरस्कारका लागि आफूलाई योग्य ठानेकामा आभार व्यक्त गर्दै उनले यो अविष्मरणीय र गौरवको क्षण भएको बताए ।

साहित्यकार सरुभक्तले किरणले परम्परागत गीति लेखनको मानक भत्काएको बताए । गीतमा आधुनिकताको प्रयोगको सुरुवात उनैबाट सुरु भएको सरुभक्तको भनाइ थियो । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अम्बर गुरुङलाई गीतसंगीतको ‘सगरमाथा’ भनी चिनाए । कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, अम्बर गुरुङका सुपुत्र राजु गुरुङ, पोयुसाप सचिव डा. चैतन्य अधिकारीले अम्बर गुरुङको नाममा स्थापित पुरस्कार किरण खरेललाई अर्पण गर्दा पुरस्कार आफैंमा पुरस्कृत भएको उल्लेख गरे ।

२०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार नेपाली साहित्य, संगीत र कला क्षेत्रमा क्रियाशील छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)