धनुषा बम विष्फोटमा संलग्न खत्बे विप्लव कार्यकर्ता

जनकपुरधाम । प्रहरी निरीक्षक सहित तीन जनाको ज्यान जानेगरी धनुषामा भएको बम बिस्फोटमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५ स्थित महेन्द्रनगरमा केही महिना अगाडी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाधाम नगरपालिका वडा नंम्बर ५का गंगा मण्डल खत्बेलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ परेका खत्वे नेकवा विप्लवको कार्यकर्ता रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसअघि विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा पक्राउ परेका थिए । बम काण्डका मुख्य योजनाकार मानिएका धनुषाधाम नगरपालिका ६ सरस्वतीपुरका नेकपा विप्लवका प्रदेश ब्युरो सदस्य ३४ वर्षीय इन्दल साहलाई केहीदिन अघि सप्तरीवाट पक्राउ गरिएको थियो ।
साहलाई इलाका प्रहरी कार्यालय कट्टरबोनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन । चन्दा संकलनका लागि सप्तरी आएको बेला साहलाई सुरूङ्गा नगरपालिका ६ बाट पक्राउ गरिएको प्रसाईले बताए ।

प्रहरीका अनुसार घटनाका अर्का योजनाकार विप्लव समूहका केन्द्रीय सदस्य आदम राइनलाई धनुषा प्रहरीले गत पुस १६ गते पक्राउ गरेपछि साह सप्तरीमा खटिएका थिए । यसको सूचना पाएपछि प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो । अहिलेसम्म ६ जनालाई पक्राउ गरीसकेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित राजेश साहको घरमा गत मंसिर २७ गते राति भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरिक्षक अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय साह र निजको छोरा १६ वर्षीय आनन्दकुमार साहको मृत्यु भएको थियो ।

विस्फोटमा परी राजेशका बुवा ७० वर्षीय भिखारी साह, राजेशका छोरा १९ वर्षीय प्रकाश साह, राजेशकी छोरी १७ वर्षीया अञ्जली साह, छिमेकीहरु अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए । सो घटनामा संलग्न रहेको आरोपमा आदम राइनका अतिरिक्त प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षीय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहा रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पूर्व पत्रकार बाजुराको नगरप्रमुख र उपप्रमुख निर्वाचित