काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नेकपा एमालेका नेताहरुको संलग्नता देखिँदै गएपछि फेक अडियो रेकर्ड गराएर कांग्रेसका केही नेताहरुलाई बदनाम गराउने अभियान सुरु गरिएको काँग्रेसले निष्कर्ष निकालेको छ ।
नेकपा एमाले भक्तपुरका नेता महेश बस्नेतले एउटा यस्तै फेक अडियो सार्वजनिक गरेपछि कांग्रेसले यसमा कांग्रेसका खास नेताको बदनाम गर्न प्रपन्च गरिएको बताएको हो । उक्त अडियोमा कसले कोसँग कुरा गरेको हो भन्ने नै नखुलाई कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र मन्जु खाँडलाई जोडिएको छ । प्रहरी विषेश व्युरोले दिएको रिपोर्ट अनुसार हालै सार्वजनिक गरिएको अडियो केही दिन अघि रेकर्ड गरिएको फेक अडियो भएकाे काग्रेसले जनाएकाे छ । उक्त अडियो कसले रकर्ड गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
उक्त फेक अडियोमा अमुक दुई जना व्यक्तिबीच कुराकानी भएको र त्यहाँ डा. आरजु र मन्जुको नाम मुछिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानले नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी लगायतका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी भएपछि कांग्रेस नेताहरुलाई पनि बदनाम गराउने उदेश्यले यस्तो फेक सुटिङ गराएर फोन रेकर्ड गरिएको हो ।
‘डा. आरजु राणा र मन्जु खाँडलाई मुछेर सार्वजनिक गरिएको अडियो केही दिन अघि मात्रै रेकर्ड गरेको भेटिएको छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘कसले रेकर्ड गराएको हो र त्यो आवज कस्को हो भन्ने हामी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौं।’
अडियोमा मन्जु खाँडलाई अनामनगरको घरमा गएर ६ करोड दिएको भनिएको छ, जवकी मन्जु खाँड कोभिड सुरु भएदेखि विगत ४ बर्षदेखि नै चावहिलमा बस्दै आएकी छन् । यही फेक अडियोलाई लिएर केही संचार माध्यामहरुले समाचार बनाएकोमा पनि अपत्ती जनाइएको छ । ‘समाचार लेख्नु अघि त्यसको भेरिफिकेशन गर्नुपर्ने संचार माध्यामको आरधाभुत दायित्व हो’, ति प्रहरी अधिकृतले भने, ‘जसले जे सार्वजनिक गर्यो त्यसैलाई समाचार बनाउने प्रपोकाण्डबाट संचार क्षेत्र पनि चनाखो हुनुपर्छ । यसले संचार जगतकै विश्वसनीयता हराउँछ ।’