नेप्से परिसूचक रातम्मे, दोहोरो अंकले गिरावट

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । हिजो (आइतबार) १९ अंकले घटेको नेप्से आज (सोमबार) अर्थात साताको दोस्रो कारोबार दिन १६.९३ अंकले ओरालो लागेर १८३३.६९ विन्दुमा झरेको छ । कारोबार रकम भने ८२ करोड ४२ लाख १७ हजार पुगेको छ । आइतबार भने ६० करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सोमबार सेन्सिटिभ इन्डेक्स २.४१ अंकले ओरालो लागेर ३५२.३७ विन्दुमा झरेको छ । सोमबार ३४ कम्पनीको मूल्य बढ्दा १८१ कम्पनीको घट्यो भने ६ वटाको स्थिर रहृयो । कारोबारमा आएका १३ वटै उपसमूहका सूचक घटेका छन् । जसअन्तर्गत बैंकिङ ६, विकास बैंक १३, फाइनान्स १८, होटेल तथा पर्यटन ८४, जलविद्युत् ४३, जीवन बिमा १२१, उत्पादन ३०, माइक्रोफाइनान्स २६, निर्जीवन बिमा १०६, अन्य ८ र व्यापार उपसमूह १२ अंकले घटेका छन् । जसकारण नेप्से पूरै राताम्मे बनेको छ ।

कारोबारमा आएका कम्पनीहरुको २५ हजार पाँच सय ८८ पटक सेयर किनबेच भएको छ । जसबाट २८ लाख १० हजार ६२७ कित्ता सेयर खरिद-बिक्री भएको छ । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत तथा आत्मनिर्भर लघुवित्तको ६ प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोको सबैभन्दा धेरै १० प्रतिशत मूल्य घट्यो भने शिवश्री हाइड्रोको ६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रो, हिमालयन डिस्टिलरी, तारागाउँ रिजेन्सी र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

यस्तै हिमाल दोलखा हाइड्रो पावरको सबैभन्दा धेरै १ लाख २० हजार ८०६ कित्ता सेयर किनबेच भए । त्यसपछि शिवम सिमेन्ट, घलेम्दी हाइड्रो पावर, शिवश्री हाइड्रो र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर क्रमश: संख्यात्मक रुपमा बढी कित्ता कारोबार भए ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित