पाटन अस्पतालमा तीन दिनको शिशुको सफल शल्यक्रिया

काठमाडौं । पाटन अस्पतालमा एक नवजात शिशुको शरीरमा देखिएको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको सफल शल्यक्रिया गरिएको छ । गत १८ वैशाखमा जन्मिएका ती शिशुको कम्मरमुनिको भागमा ट्युमर देखिएपछि तीन दिनपछि २१ वैशाखमा सफल शल्यक्रिया भएको अस्पतालका कन्सल्ट्यान्ट न्युरोसर्जन डा. रूपेशजंग राउतले जानकारी दिए ।

अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख प्राडा प्रकाश विष्टको नेतृत्वमा तीनदिने नवजात शिशुको सफल शल्यक्रिया भएको हो । शल्यक्रियामा कन्सल्ट्यान्ट न्युरो सर्जनद्वय डा. राउत र डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयास चन्द, एनेस्थेसियामा डा. मानबहादुर चन्द, डा. अभिशेष र डा. रोशनलगायतको टोली संलग्न रहेको थियो ।

बच्चामा बिरलै दखिने यस्तो खालको ट्युमरको पाटनमा यो पहिलो सफल शल्यक्रिया हो । चिकित्सकले यस्तो खालको ट्युमरलाई अत्यन्तै संवेदनशील अवस्थामा लिने गर्छन् । तीनदिने शिशुको कम्मरमुनि भागमा १२ सय ग्रामको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको शल्यक्रियालाई अस्पतालले सफलताका रूपमा लिएको जनाएको छ । बच्चाको शल्यक्रियाका लागि १८ देखि २० वैशाखसम्म चिकित्सकले आवश्यक सबै व्यवस्था मिलाए ।

स्वास्थ्य अवस्था जाँच गरे । मुटुको चाल र रगत’bout सबै जानकारी लिएपछि २१ वैशाखमा बच्चाको ट्युमरको शल्यक्रिया गर्ने निचोडमा पुगेका थिए । बीचमा कुनै गम्भीर अवस्था आउने त होइन भन्ने मूल्यांकनसमेत गरेको चिकित्सक टोली सर्तकताका साथ बच्चाको पछाडि भागमा देखिएको ट्युमरको अप्रेसन गर्ने निचोडमा पुगेका हुन् ।

बिहिबार विहान डाक्टर प्रकाश विष्टको नेतृत्वमा शुरु भएको शल्यक्रिया अपराहन्न १२ बजे सफल भयो । चिकित्सकहरुले बच्चाको कम्मरमुनि रहेको रहेको १२ सय ग्रामको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमर हटाउन सफल भए । पाटन अस्पतालमा नवजात शिशुको जटिल सफल शल्यक्रिया पहिलो हो । ’यस्तो ट्युमर विरलै मात्रै देखिन्छ, उनले भने, पानीको थैली जस्तो देखिने त्यस्तो ट्युमर नसासँग जाडिएको हुन्छ अत्यन्त संवेदनशिल भएर हामीले अप्रेसन गर्न पर्ने हुन्छ । शल्यक्रिया सफल भएसँगै बच्चाको अबस्था सामान्य छ ।’

चिकित्सकका अनुसार ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ ट्युमर यहि अबस्थामा हुन्छ भन्न सकिदैन । यो बच्चामा विरलै देखिने ट्युमर हो । यो बच्चाको भ्रुण अबस्थाबाट शुरु हुन्छ । यो ट्युमरमा रगतको प्रवाह धेरै हुन्छ । त्यसैले यो ट्युमरको शल्यक्रिया गर्दा धेरै रक्तश्राव हुने सम्भावना बढी हुन्छ । शल्यक्रिया जटिल अबस्थाको हुने गर्छ । त्यसमा चिकित्सकले खतरा मोल्नुपर्ने हुन्छ । डा. राउतका अनुसार रक्तश्राव बढी हुँदा मुटुमा समस्या आउन सक्ने र कतिपय अबस्थामा ज्याने जाने सक्ने जोखिम भएकाले पनि यस्तो प्रकारको ट्युमरलाई जटिल शल्यक्रिया भनिएको हो ।

३५ वर्षकी गर्भवती महिला पाटन अस्पतालमा नियमित फ्लोअपका क्रममा अल्ट्रासाउण्ड गर्दा बच्चामा समस्या देखिएपछि दुई पटकसम्म दोह्राएर हेर्दा बच्चामा ट्युमर भएको पत्ता लागेको थियो । २८ हप्ताको गर्भवती ति महिलाले केही असहज महसुस भएकोले राम्रोसँग चेकअप गरिदिन आग्रह गरेपछि अल्ट्रासाउण्ड गर्दा बच्चामा ट्युमर पत्ता लागेको थियो । ट्युमर देखिएपछि न्यूरो सर्जरी चिकित्सकसँगको सल्लाहमा डेलिभरी गरेपछि ट्युमरको सर्जरी गर्ने निर्णय भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित