नक्कली कागजात बनाए ठगी गर्ने दुई लेखनदास पक्राउ

कृष्णनगर । जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका ११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।

चौधरी कानुन तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस –९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजिनामा बनाएपछि उनीहरु पक्राउ परेका हुन । जग्गाधनी यादवलाई जानकारीविना कृष्णनगर बस्ने रेखा लोहारलाई चार लाख रुपियाँमा जग्गा कारोबार भएको थियो ।

मालपोत कार्यालय जग्गाको मोठ भिडाएको नाटकगरी नक्कली राजिनामा तयार गरेका थिए । राजिनामा देखाउँदै जग्गा पास भएको र दुई दिनमा जग्गाधनीपूर्जा उपलब्ध गराउने बताएका थिए । चार दिन बित्दासम्म पूर्जा नपाएपछि लोहारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन घलेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित