भारत लैजाँदै गरेको चरेस सहित २ महिला पक्राउ

कपिलवस्तु । प्रहरीले भारत लैजाँदै गरेको चरेससहित दुई महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयले कृष्णनगर नगरपालिका–२ लिंक गेटबाट १० किलो चरेससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीले धादिङ खनियाबास घर भएकी ४९ वर्षीया संगीता तामाङ र धादिङकै सत्यवती घर भएकी ५९ वर्षीया सेती तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिराज पछाई नेतृत्वमा खटेको टोलीले शंकाको आधारमा खानतलासी गर्दा चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय