जेठमा आउँदै तिब्बती भाषाको डाकिनी

काठमाडौं । यस अघि थुप्रै अन्तराष्ट्रिय चलचित्र महोत्सबमा रिलिज भएको चलचित्र ‘डाकिनी’ अब नेपालमा पनि प्रदर्शन हुने भएको छ । यो चलचित्र अब आगामी ५ जेठबाट देशब्यापी रिलिज हुने भएको छ ।

डाकिनी नेपाली र तिब्बती सहित दुई भाषामा निर्माण भएको छ । चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । नेपाली र तिब्बती भाषामा सँयुक्त रुपमा निर्माण भएको यो पहिलो व्यबसायिक फिल्म हो । थुप्रै अन्तराष्ट्रिय फिल्म महोत्सबमा अवार्ड जितेपछि यो चलचित्रलाई सिनेमा हलमा रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेका हुन् । उनको निर्देशनमा तयार भएको यो पाँचौं चलचित्र हो । भारतमा जन्मिएका यी निर्देशक तिब्बती मूलका हुन् ।

यो फिल्ममा भियतनामका छिरिङ तासी, अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलसहित कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतका नेपाली कलाकारहरुको मुख्य भूमिका छ ।

बिदेशमा रहेका गुरु यो चलचित्रको रिलिजको लागि काठमाडौं आउने छन् । निर्माता म्याक्स दिपेश खत्रीले बताए । यि रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ विषयमा मास्टरक्लास पनि चलाउँदैछन् ।

‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ जस्ता सफल फिल्मको निर्माता कम्पनी षट्कोण आर्टले यो फिल्म निर्माण गरेको हो । फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो ।

निर्माता खत्रीका अनुसार काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिँदै भन्छ– तिमी अब ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । फिल्मको कथा डाकिनीको खोजीको वरिपरी घुम्ने पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादी जीत नजिक