वृद्धाश्रम जान नमानेपछि बुहारीले गरिन् सासुको हत्या

भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् ।

वृद्धाश्रम जान नमानेको भन्दै ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर हत्या गरेको दिल्ली प्रहरीले जनाएको हाे । दिल्ली प्रहरीका अनुसार गत अप्रिल २८ मा हर्षीको शव नेब सराईस्थित अपार्टमेन्टमा भेटिएको थियो । उनको अनुहार र टाउकोमा गम्भीर चोट देखिएको छ ।

हर्षीका छोरा ५१ वर्षीय सुर्जित सोमले आफ्नी आमाको हत्या भएको भन्दै फोन गरेका थिए । अनुसन्धानका क्रममा सोमकी बुहारी सुर्जितकी पत्नी सरमिस्ठा दोषी देखिएकी हुन् । बुहारी सरमिस्ठाले वृद्ध सासुलाई हेरचाह गर्दा आफू वाक्क र दिक्क भएका कारण वृद्धाश्रममा पठाउने निधो गरेको बयान दिएकी छन् ।

वृद्धाश्रम जान नमानेपछि सासुलाई हत्या गरेकाे पनि बुहारी सरमिस्ठाले स्वीकार गरेकाे प्रहरीले बताएकाे छ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी